क्रामाकपा दार्जिलिङ जोनल समितिको आयोजनामा मई दिवस पालन

IMG-20230501-WA0299.jpg

दार्जिलिङ: क्रामाकपा दार्जीलिङ जोनल समितिको आयोजनामा क्रामाकपा दार्जीलिङ पार्टी मुख्यालयमा १३७औं मई दिवस पालन गरिएको छ। कार्यक्रममा प्रथमतः पार्टीको दलीय झण्डा पार्टीका वरिष्ठ केन्द्रीय नेता कमरेड बले डुक्पाको बाहुलीबाट उत्तोलन गरियो। झण्डा उत्तोलनको कार्यक्रमपछि क्रामाकपा दार्जीलिङ जोनल सचिव कमरेड राजु मोक्तानको बाहुलीबाट द्वीप प्रज्ज्वलन गरियो। यसको साथै शहीदहरू एवंम दिवंगत पार्टी नेतृत्वहरूको सम्झनामा एक मिनटको मौन धारण गरिएको छ।कार्यक्रममा क्रामाकपा केन्द्रीय सह सचिव कमरेड शेखर छेत्रीले मई दिवसबारे छोटो वक्तव्य राखेका थिए।

कार्यक्रममा नारी नेत्री क्रमैले कमरेड सुष्मा लामा, कमरेड सिमा घिसिङ, कमरेड बिना तामाङ, कमरेज दावा डोमा, संगीता लामा, सजीता तामाङ साथै क्रामाकपा केन्द्रीय सदस्य एनडी थापा, क्रामाकपा महापरिषद सदस्य क्रमैले संजय घिसिङ, रमेश खातीको विशेष उपस्थिति रहेको जानकारी क्रामाकपा मिडिया प्रभारी अर्पण राईले जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement