कुमरेकमा अन्तरराष्ट्रिय मजदूर दिवस पालन

IMG-20230321-WA0000.jpg

म बाघ भएर होइन, स्याल भएर जनताको सेवा गर्छुः मुख्यमन्त्री तामाङ

कुमरेकः राज्यको श्रम विभागको पहलमा आज पाकिम जिल्ला अन्तर्गत कुमरेकको गुलमोहर पार्कमा अन्तरराष्ट्रिय मजदूर दिवस भव्यरूपमा पालन गरियो। यस कार्यक्रममा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिकोरूपमा उपस्थित रहेको थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले आज विश्वभरि मजदूर दिवस पालन गरिन्छ भन्दै मजदूरहरू नभएको भए विश्वको विकास हुन सक्ने थिएन भनी बताए। उनले मजदूरहरूकै योगदानका कारण सिक्किम अहिले यहाँसम्म आइपुगेको र भविष्य पनि यसरी नै सिक्किमको हितमा योगदान पुऱ्याउन आग्रह गरे।

उनले उच्च पदमा बस्ने व्यक्तिहरूको सरह मजदूरहरूको पनि इञ्जत हुनुपर्छ भने। मजदूरहरूको शक्तिकै कारण सरकार परिवर्तन हुन्छ, यसर्थ मजदूरहरूले कहिले पनि आफूलाई सानो नसोच्न उनले आग्रह गरे। उनले पूर्व सरकारमा आफ्नो मान्छेलाई च्याप्ने प्रथा थियो, त्यसलाई हटाउनु पर्छ भन्दै आफन्तहरूलाई च्याप्ने प्रथा तोडेमा मात्र मजदूरवर्गले न्याय पाउन सक्ने बताए। उनले आज आफन्तलाई च्याप्ने प्रथा तोड्नको निम्ति सबैले कसम खानु पर्ने आह्वान पनि गरे। यदि यसो हुन सकेमा सबैले न्याय पाउने उनले दाबी गरे। पूर्व सरकारमा मजदूरवर्गले आफ्नो माग र न्यायका लागि धरना प्रदर्शन गर्नुपर्ने स्थिति थियो, तर वर्तमान सरकार घोषणा गर्ने मात्र नभएर व्यवहारमा उतार्ने सरकार रहेको उनले किटान गरे। वर्तमान सरकार गरीबमुखी रहेको हुनाले गरीबको हितमा विभिन्न प्रकारको कार्य गर्दै आइरहेको उनले बताए।

उनले सरकार सबैले चलाउन सक्छ, यसर्थ सरकारमा हुँदा कसैले पनि घमण्ड गर्नु हुॅंदैन भनी सुझाउ पनि दिए। उनले भने, म बाघ भएर सरकार चलाउँदिन, तर स्याल भएर जनताको सेवा गर्नेछु। उनले सत्ता परिवर्तन भएको तर अहिलेसम्म पनि व्यवस्था परिवर्तन हुन नसकेको बताए। २५ वर्ष पुरानो व्यवस्थालाई सजिलै परिवर्तन गर्न नसकिने उनले बताए। गरीबहरूले दुःख पाउने प्रकारको काम विभागका अधिकारीहरूलाई नगर्न उनले अपील गरे। उनले भने, म काम गर्ने व्यक्ति हुॅं, पोलिटिकल स्टन्ट गर्दिन्। कार्यक्रमलाई सम्बोधन गर्दै राज्यका श्रम विभाग मन्त्री लोकनाथ नेपालले आफ्नो श्रममा विश्वास गर्ने मानिसहरू कहिले निराश बन्न नपरेको बताए। वर्तमान सरकारको मजदूरहरूप्रतिको सकारात्मक सोंचका कारण मजदूरहरूको ज्याला १५ हजार बनाएको जानकारी गराए। धेरै वर्षदेखि थाँतीमा रहेको मजदूरहरूको माग एसकेएम पार्टी सरकारमा आएपछि पूरा गरिएको उनले दावी गरे। आजको यस कार्यक्रममा पञ्जीकृत ४७९७ मजदूरहरूलाई वित्तीय सहयोग प्रदान गरियो। कार्यक्रममा विधानसभाका उपाध्यक्ष साङ्गे लेप्चा, मन्त्री केएन लेप्चा, मन्त्री बीएस पन्त, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement