रिब्दी-भरेङ जीपीयूमा आधार नामाङ्कन शिविर आयोजित

Untitled-1-copy-8

सोरेङः सोरेङ जिल्लामा ऑंगनमा प्रशासन पहल अन्तर्गत ३६ रिब्दी-भरेङ जीपीयूको रिब्दी उच्चतर माध्यमिक विद्यालयमा आधार नामाङ्कन शिविरको आयोजना गरिएको छ। विशेष रूपमा वृद्ध अनि अशक्त नागरिकहरूको निम्ति उक्त शिविरको आयोजना गरिएको थियो। उक्त शिविरको आयोजना डेस्मीले सहकारिता विभाग अनि रिब्दी-भरेङ जीपीयूका छवटै वार्डका पञ्चायतहरूको सहयोगमा गरेको बताइएको छ। शिविरको सञ्चालन डेस्मीका सहायक निदेशक एनडी तामाङ, यूडीसी बीडी प्रधान, आधार अपरेटर पासाङ ल्हमु तामाङ, तमन्न तामाङ र जीपीयूका सबै पञ्चायतहरूले सञ्चालन गरेका थिए।

यस शिविरबाट वृद्ध-वृद्धा, बिरामी, पीडब्ल्युडी कामदार, गर्भवती महिला र नानीका आमाहरू लाभान्वित बनेको बताइएको छ। उक्त शिविरको आयोजना २९ र ३० अप्रेलका दिन गरिएको थियो। यसावधि कूल ११८ जनाको आधार नामाङ्कन गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement