सिलगढ़ी बार एसोसिएशनको चुनावमा विजयी तीन गोर्खाली उम्मेदवारलाई अनित थापाको बधाई

4c3c8cdf-67fb-489b-86fe-bd1bb7314877

सिलगढ़ी: सिलगढ़ी बार एसोसिएशनको चुनावमा निर्वाचित भएकोमा एक गोर्खाली चेली सहित अन्य दुई दाज्यू-भाईलाई गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनका प्रमुख कार्यपाल अनित थापाले बधाई तथा शुभकामना दिएका छन्।सिलगढ़ी बार एसोसिएसनको चुनाव गत २९ अप्रेलको दिन सम्पन्न भएको थियो। कूल १६ वटा पदको निम्ती गरिएको चुनावमा ३ जना गोर्खा उम्मेदवार विजयी बनेका छन्।विजयीहरूमा रेलिङ कैजलेकी स्मृति शर्मा, झन्कार क्षेत्री अनि सञ्जय मंगर रहेका छन्।
रेलिङ कैजलेकी स्मृति शर्माले ६५४ भोट प्राप्त गरेर बार एशोसिएसनको कार्यकारिणी समितिमा विजयी बनेकी छिन्।उनले विजय पश्चात भनिन् , “सिलीगुडी कोर्टमा यदि कोही पनि गोर्खा दाज्यू-भाइ, दिदी-बहिनीहरू कसैलाई पनि सहयोग चाहिए म सहयोग गर्न हर समय तयार रहनेछु।”
गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनका प्रमुख कार्यपाल अनित थापाले यो जीत हामी पहाड़वासी लगायत सम्पूर्ण गोर्खा जातीको हो भनी खुशी व्यक्त गरेका छन् साथै विजयी तीनैजनालाई सफल कार्यकालको निम्ति शुभकामना दिएका छन्।

About Author

Advertisement