प्रधानमन्त्रीसँग केवल मन की बात-को एकसय एपिसोड पूरा गर्ने समय छ,तर १०० दिन श्रम गरेको पैसा दिने समय छैन – अभिषेक ब्यानर्जी

9a2136f6-cb70-403a-8273-9a84c416faa7

उत्तर दिनाजपुर: तृणमूल कांग्रेसका महासचिव अभिषेक ब्यानर्जीले श्रमिक दिवसको शुभकामना दिँदै भने, “प्रधानमन्त्रीसँग केवल मन की बातको एक सय एपिसोड पूरा गर्ने समय छ,तर १०० दिन श्रम गरेको पैसा दिने समय छैन।” अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा, अखिल भारतीय तृणमूल कांग्रेसका महासचिव अभिषेक ब्यानर्जीले सोमबार श्रमिकहरूलाई बधाई दिए र आफ्नो पार्टीले प्रत्येक चरणमा उनीहरूको अधिकारको रक्षा गर्ने वाचा गरे। उत्तर दिनाजपुरको करंदीघीमा जनसम्पर्क अभियान अन्तर्गतको जनसभालाई सम्बोधन गर्दै पार्टी महासचिवले आज अन्तर्राष्ट्रिय श्रमिक दिवस भएको बताउँदै भने , “सम्पुर्ण श्रमिक मित्रहरुमा हार्दिक नमन । हामी भविष्यमा तपाईहरूको अधिकार र मागको रक्षा गर्नेछौ। त्यसैले हामीले जनतालाई आफ्नो उम्मेदवार छनोट गर्ने अधिकार दिएर यो पहल गरेका हौ।”अभिषेक ब्यानर्जीले श्रमिकवर्गका समस्याहरू सम्बोधन गर्न पूर्णरूपमा असफल भएको भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना पनि गरे। प्रधानमन्त्रीको रेडियो कार्यक्रमको आलोचना गर्दै तृणमूल कांग्रेसका महासचिवले भने, “प्रधानमन्त्रीसँग केवल मन की बातको १०० एपिसोड पूरा गर्ने समय छ, तर १०० दिन श्रम गरेको पैसा दिने समय छैन। हाल, बंगाल मात्र एक राज्य हो, जसले डिसेम्बर २०२१ देखि १०० दिनको कामको लागि केन्द्रबाट कुनै रकम प्राप्त गरेको छैन।”पार्टीका महासचिवले भने, ‘यो राज्यले २०२१ को विधानसभा चुनावमा ममता ब्यानर्जीलाई भोट दिएको थियो। यसका कारण भाजपा शासित केन्द्र सरकारले बंगालको लागि छुट्याइएको केन्द्रीय कोषको १.१५ लाख करोड रुपियाँ रोकेको छ।’
अभिषेक ब्यानर्जीले हाल ३,५०० किलोमिटरभन्दा बढी दूरी तय गरी ६० दिने यात्रा गरिरहेका छन्। उनले आगामी दुई महिनामा तृणमूलको नवजोआरको सन्देश राज्यका हरेक जिल्लामा पुर्‍याउन २५० भन्दा बढी जनसभा गर्नेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement