सुप्रीम कोर्टको तलाकमाथि महत्वपूर्ण फसेला

Untitled-1-copy-6

कोलकाताः सुप्रीम कोर्टको संविधान बेन्चले तलाक मामिलामा आज महत्वपूर्ण फसेला सुनाएको छ। फसेलामा भनिएको छ, सुप्रीम कोर्ट धारा १४२ अन्तर्गत आफ्ना विशेष शक्तिहरूको प्रयोग गरेर यस्तो सम्बन्ध जहॉं सुधारको कुनै सम्भावना छैन, तलाकलाई स्वीकृति प्रदान गर्न सक्छ। जस्टिस संजय किशन कौलको अध्यक्षतामा रहेको पॉंच सदस्यीय बेन्चले भन्यो, दम्पतीले आवश्यक वेटिङ पीरियडको प्रतीक्षा गर्नु पर्ने छैन। यो बेन्चमा जस्टिस कौलका साथै जस्टिस संजीव खन्ना, जस्टिस एएस ओका, जस्टिस विक्रम नाथ र जस्टिस एके माहेश्वरी सामेल छन्। सुप्रीम कोर्टले २९सेप्टेम्बर, २०२२ मा फसेला सुरक्षित राखेको थियो। यस मामिलामा कोर्टले पॉंच वकील जयसिंह, कपिल सिब्बल, वी गिरि, दुष्यन्त दवे र मीनाक्षी अरोड़ाको मद्दतका लागि एमिकस क्यूरी नियुक्त गरेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement