उत्तरकाशीः वर्षा एवं हिमपातको मौसमले पनि श्रद्धालुहरूको कदमलाई रोक्न सकेको छैन। यी विपरीत परिस्थितिहरूमा पनि चारै धामहरूमा श्रद्धालुहरूको आस्थारूपी समुद्र उर्लिरहेको छ। राज्य सरकारले प्रतिकूल मौसमलाई मध्यनजर गर्दै तीर्थ यात्रीहरूको लागि प्रत्येक दिन अलर्ट जारी गरिरहेको छ र यसै आधारमा सबैलाई यात्रा गर्ने सल्लाह दिरहेको छ। प्रदेश सरकारले मौसमको बद्लिँदो रूपलाई ध्यानमा राखेर हाल पञ्जीकरणमाथि रोक लगाइदिएको छ। तथापि पहिलाबाटै पृञ्जीकृत तीर्थ यात्री एवं श्रद्धालुहरू चार धाम तर्फ अघि बढ़िरहेका छन्। गंगोत्री-यमुनोत्रीमा भइरहेको वर्षा एवं हिमपातले पनि श्रद्धालुहरूको उत्साहलाई अलिकति पनि ह्रास आउन दिएको छैन। श्रद्धालुहरूले जोखिम उठाएरै भए पनि यात्रा गरिरहेका छन्। सोमवार मुसलधारे वर्षाबीच पनि हजारौं तीर्थ यात्रीहरूको झुण्ड यी मार्गहरूमा देखियो। यता सोनप्रयागबाट केदारनाथ धाम तर्फ बिहान आठ बजेसम्ममा २५८४ तीर्थ यात्रीहरू प्रस्थान भइसकेका थिए। आज दिउँसोपछि बदरीनाथ धामको मार्ग पनि खोलिनेछ। यस मार्गमा पनि श्रद्धालुहरूको धाम तर्फ बढ़्ने क्रम शुरू भएको छ।
यस सम्बन्धमा बदरी-केदार समितिका अध्यक्ष अजेन्द्र अजयले आज फेरि एउटा भीडियो जारी गरी बताएका छन्, बदरी र केदारनाथ धाममा बितेका केही दिनदेखिको मौसम प्रतिकूल छ। लगातार वर्षा र हिमपात भइरहेको भए पनि श्रद्धालु-तीर्थयात्रीहरूको श्रद्धा र आस्थामा कुनै कमी देखिएको छैन। राज्य सरकार औ केदारनाथ मन्दिर समितिको तर्फबाट श्रद्धालुहरूको सरल एवं सुगम दर्शनको व्यवस्थाको निम्ति सबै प्रयास सुनिश्चित गरिँदैछ। धामको मार्गमा वा बिसाउनीमा आगो ताप्ने व्यवस्था सहित सबै व्यवस्था गरिएको छ। यद्यपि श्रद्धालु-तीर्थ यात्रीहरूलाई प्रदेश सरकारद्वारा जारी दिशानिर्देशलाई पालन गर्ने आग्रह गरिएको छ। विशेष गरेर बुजुर्ग, महिला एवं नानीहरूलाई यात्रापूर्व मौसमलाई ध्यानमा राख्ने र चिकित्सकीय सल्लाह लिने आग्रह गरिएको छ।