मङ्पु: महानन्द ईको टुरिजम एण्ड कन्जरभेसन सोसाइटी संस्थाको सभा देव प्रसाद प्रधानको अध्यक्षतामा सम्पन्न भयो। सभालाई सम्बोधन गर्दै संस्थाका सदस्य डीपी प्रधानले यस संस्थाले स्थानीय वन्य प्राणी जीव-जन्तु, चरा-चुरुङ्गी, खोला- नाला अनि वन जंगललाई संरक्षण गर्नको साथै पर्यटन उद्योगलाई अघि बढाउनको निम्ति नै यस संस्थाको गठन गत २०१७ सालमा भएको बताए।

यो संस्था गठन भएदेखि यता यस क्षेत्रमा विशेष गरेर घुम्न आउने पर्यटकहरूका निम्ति धेरै वटा होम स्टेहरु निर्माण भइसकेको साथै वन्य चरा, जीव- जन्तुहरूको पनि संरक्षण अनि गाइडहरुको पनि तयार गरिएको कुरा तिनले बताए।