बिएसएनएल अस्थायी कर्मचारीहरूद्वारा धरना -प्रदर्शन

IMG-20230501-WA0170.jpg

सिलगढी: बीएसएनएलका अस्थायी कर्मचारीहरूले विभिन्न मागहरू लिएर हाश्मी चोकमा प्रदर्शन गरेका छन्। बीएसएनएलका अस्थायी कर्मचारीहरूले सोमबार दार्जिलिङ जिल्ला इन्टकको तर्फबाट यो धरना प्रदर्शन गरे। उनीहरुको मांगमा मुख्यत रुपमा बीएसएनएलमा २५ वर्षदेखि काम गर्दै आइरहेका भए पनि आज उनीहरूलाई कम्पनीले बर्खास्त गरेको छ। बाह्र महिनाको पाउन पर्ने रकम केही नदिई धेरै वर्षसम्म पीएफ कोषबाट पनि वञ्चित गरिएको छ। बीएसएनएलका अस्थायी कर्मचारीहरूको तर्फबाट जिल्ला सचिव राजीव मण्डलले, उनीहरूलाई काममा पुनःबहाली नगरे र बीएसएनएलले उनीहरूको बक्यौता भुक्तान नगरे भविष्यमा ठूला आन्दोलनमा जाने चेतावनी पनि दिएका छन्। उनले, भविष्यमा पनि स्थिति यस्तै रहीरहे बीएसएनएलका अस्थायी कर्मचारीहरुले राष्ट्रपति समक्ष इच्छामृत्युको माग गर्ने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement