अमित शाह पश्चिम बंगालको भ्रमणमा आउने

Untitled-1-copy-3

कोलकताः लोकसभा चुनाउभन्दा अगाड़ि भाजपाको निम्ति माछाको ऑंखा सरह महत्वपूर्ण बनेको पश्चिम बंगालको भ्रमणमा एकपल्ट फेरि केन्द्रिय गृह मन्त्री अमित शाह आइरहेका छन्। उनी आगामी नौ मईका दिन कोलकातामा नोबेल विजेता गुरुदेव रवीन्द्रनाथ टेगोरको जयन्तीमा आयोजित कार्यक्रममा सहभागी बन्नेछन्। वरिष्ठ भाजपा नेता स्वप्न दासगुप्ताले भने, टेगोर जयन्तीमा हुने कार्यक्रमको निम्ति सांस्कृतिक संगठन ‘खोला हवा’ ले शाहलाई निमन्त्रणा पठाएको थियो। केन्द्रिय गृह मन्त्रीले आमन्त्रणलाई स्वीकार गरेका छन्।’ दासगुप्ताले गृह मन्त्री शाह टेगोरको दर्शन र आध्यात्मले प्रेरित रहेको बताए।

सांस्कृतिक संगठनका अध्यक्ष दासगुप्ताले भने, गुरुदेवका विचारहरूबाट प्रेरित भारतका धेरै महान विभूतिहरूले देशलाई नयॉं दिशा दिएका छन्। यस आयोजनमा त्यसमाथि प्रकाश पारिने छ। संगठनसॅंग भाजपाका धेरै सदस्य जुडेका छन्। कार्यक्रममा नृत्यांगना तनुश्री शंकर, अभिनेता रितुपर्णा सेनगुप्ता र गायिका सोमलता आचार्य पनि सामेल हुन आशा गरिएको छ। स्मरण रहोस्, गत महिला गृह मन्त्री अमित शाह कोलकाता आएका थिए। उनले २०२६ भन्दा अगाड़ि पश्चिम बंगाल सरकार ढल्नेछ भनी दाबी गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement