बंगालमा जारी रहनेछ हावाहुरीसॅंगै वर्षाको क्रम

IMG-20230408-WA0112.jpg

कोलकताः पश्चिम बंगालको राजधानी कोलकातासहित सम्पूर्ण राज्यमा गत एक हप्तादेखि तीव्र हावाहुरीका साथै पानी पर्ने क्रम जारी रहेको छ। आइतवार सॉंझदेखि सोमवार बिहानसम्म राजधानी कोलकातामा लगातार हल्का पानी परिरह्यो।

मौसम विभागले सोमवार जारी गरेको बयान अनुसार, राजधानी कोलकातामा पॉंच मिलीमिटर पानी रेकर्ड गरियो। यस अतिरिक्त, न्यूनतम तापक्रम २३.४ डिग्री सेल्सियस र अधिकतम तापक्रम ३५.३ डिग्री सेल्सियस रेकर्ड गरियो, जुन सामान्य हो।

अलीपुरस्थित मौसम विभागको क्षेत्रीय कार्यालयले जारी गरेको बयान अनुसार, सोमवार उत्तर बंगालको अलीपुरद्वार, कूचबिहार, जलपाइगढी, दार्जीलिङ र कालेबुङका साथै उत्तर अनि दक्षिण दिनाजपुरमा ३० देखि ४० किलोमिटरप्रति घण्टाको वेगले हावा चल्नेछ। दक्षिण बंगालमा कोलकाता अतिरिक्त हावड़ा, हुगली, उत्तर र दक्षिण २४ परगना, पूर्व र पश्चिम मेदिनीपुर तथा पुरुलिया र बांकुड़ामा पनि हल्का पानी परिरहनेछ।

विभागले बुधवारसम्म मौसम यस्तै रहने अगावै स्पष्ट गरिसकेको छ। मानिसहरूलाई बिना कारण घरहरूबाट बाहिर नजाने सल्लाह पनि दिइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement