जलपाईगुडी: आज अंतरराष्ट्रीय श्रमिक दिवस वा मई दिवस हो। यो दिनलाई श्रमिकहरुको हक-अधिकारका लागि संघर्षको प्रतीकका रूपमा लिइन्छ। सोमबार बिहान जलपाईगुडी सदर खण्ड अन्तर्गत डेंगुझार क्षेत्रको पहाडपुर ग्राम पञ्चायतका विभिन्न स्थानहरुमा मई दिवस पालन गरियो।यस अवसरमा झण्डा उत्तोलन गरी विभिन्न कार्यक्रमहरुको आयोजना गरियो। कार्यक्रमलाई सम्बोधन गर्दै श्रमिक नेताहरुले मई दिवसको महत्वका बारेमा विस्तृत चर्चा गरे।आज एसयूसीआई पार्टीको जिल्ला कार्यालयमा रातो झण्डा फहराइएको थियो। जिल्ला कमिटीका सदस्यहरुले झण्डा उत्तोलन गरी शहीद बेदीमा श्रद्धाञ्जली अर्पण गरे। यससँगै आज जिल्लाका विभिन्न स्थानमा विभिन्न श्रमिक संगठनले मई दिवस मनाएका छन्। आज विभिन्न वाम संगठनहरूले पनि ऐतिहासिक मई दिवस मनाए। सीपीएमको जलपाईगुडी जिल्ला कार्यालय अगाडि आयोजित कार्यक्रममा शहीद बेदीमा झण्डोत्तोलन गरी श्रद्धाञ्जली अर्पण गरियो।कार्यक्रममा सीपीएमका जलपाईगुडी जिल्ला सचिव सलिल आचार्य र अन्य नेताहरू उपस्थित थिए। जलपाईगुडी जिल्ला कांग्रेसले राजीव भवनमा झण्डा फहराएर मई दिवस मनायो। जलपाईगुडी जिल्ला तृणमूल कर्मचारी संगठनले पनि मई दिवसको अवसरमा विशेष कार्यक्रमको आयोजना गरेको थियो।









