प्रीमियर लीगः म्यानचेष्टर सिटी शीर्ष स्थानमा

IMG-20230501-WA0117.jpg

१ मईः ईंग्लिश प्रीमियर लीगमा म्यानचेष्टर सिटीले जीतको क्रम जारी राख्दै आर्सनललाई पछि छोड़ेर शीर्ष स्थान हासिल गऱ्यो। यसरी नै लिभरपूल र म्यानचेष्टर युनाइटेडले पनि आ-आफ्नो म्याच जित्यो। आइतवार राति खेलिएको म्याचमा म्यानचेष्टर सिटीले फूलहामलाई २-१-ले पराजित गऱ्यो। म्याचमा ६३ प्रतिशत पोजेशनको साथ खेल्ने सिटीबाट एर्लिंग हालाण्डले तेस्रो मिनट (पेनल्टी) अनि जूलिएन अल्वारेजले ३६औं मिनटमा गोल गरे। यसरी फूलहामबाट कार्लोस विनिसियसले १५औं मिनटमा गोल गरे। यस जीतको साथै सिटीले ३२ वटा म्याचमा ७६ पोइण्टको साथ प्रीमियर लीग टेबलमा शीर्ष स्थान हासिल गऱ्यो। पेप ग्वार्डिओलाको टीमसँग अहिले दोस्रो स्थानमा रहने आर्सनलभन्दा १ पोइण्ट अधिक रहेको छ। यसरी नै लिभरपूलले टोटनह्याम हट्स्पर विरुद्ध ४-३-ले रोमाञ्चक जीत हासिल गऱ्यो। म्याचमा लगभग अन्तसम्म ३-२-ले पछि रहने टोटनह्यामलाई रिचार्लिसनले स्टपेज टाइमको तेस्रो मिनटमा गोल गरी ३-३-को बराबरीमा पुऱ्याए तर लगत्तै १ मिनटपछि डिओगो जोटाले गोल गरेर लिभरपूललाई ४-३-ले जीत दिलाए।

यसअघि लिभरपूलबाट कुर्टिस जोन्स, लुइस डिआज र मोहामेद सलाहले म्याच शुरु भएको १५ मिनटभित्र गोल गरे। यसरी टोटनह्यामबाट ह्यारी केन र सोन हियुंग-मिनले गोल गरे। लिभरपूल ३३ वटा म्याचमा ५६ पोइण्टको साथ पाँचौं अनि टोटनह्याम ३४ वटा म्याचमा ५४ पोइण्टको साथ छैटौं स्थानमा रहेको छ। यसरी म्यानचेष्टर युनाइटेडले एस्टन भिल्लालाई १-०-ले पराजित गऱ्यो। म्याचमा एकमात्र गोल ब्रूनो फर्नाण्डेजले ३९औं मिनटमा दर्ता गरे। म्यानचेष्टर युनाइटेड ३२ वटा म्याचमा ६३ पोइण्ट लिएर चौथो स्थानमा रहेको छ। अन्य म्याचहरूमा न्यूक्यासल युनाइटेडले साउथम्प्टनलाई ३-१-ले अनि बोर्नमाउथले लीड्स युनाइटेडलाई ४-१-ले पराजित गऱ्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement