भेटरन्स टुर्नामेण्टः वैद्यबाटी फोर्टी प्लस र सिलगढ़ी भेटरन्स सेमिफाइनलमा

photocollage_202351104027765.jpg

१ मईः नर्थ बेंगल फूटबल प्लेयर्स एसोसिएशनको तत्त्वावधानमा तीनदिने भेटरन्स फूटबल टुर्नामेण्ट शनिवारदेखि शुरु भयो। सहायक फाउण्डेशन, मर्निंग क्लब ग्रुप अनि मनजीत एकादशको सहयोगमा आयोजित यस टुर्नामेण्टको दोस्रो दिन आइतवार ग्रुप बी-मा क्वार्टर फाइनलसम्म म्याचहरू खेलियो। सिलगढ़ीको पानीट्यांकी मोड़ नजिक रामकृष्ण खेल मैदानमा जारी टुर्नामेण्टको दोस्रो दिन जम्मा ६ वटा म्याच खेलियो। शुरुवाती म्याचहरू जितेर क्वार्टर फाइनलमा स्थान बनाउने कलकत्ता को वैद्यबाटी फोर्टी प्लस-ले लाटपञ्चर भेटरन्सलाई १-०-ले पराजित गरी सेमिफाइनलमा स्थान बनायो। यसरी दोस्रो क्वार्टर फाइनलमा सिलगढ़ी भेटरन्सले यूकेएफसी भेटरन्सलाई पेनल्टी शूटआउटमा पराजित गऱ्यो। टुर्नामेण्टको दुईवटा सेमिफाइनल र फाइनल म्याच सोमवार (१ मई) खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई रत्ना देवी शर्मा स्मृति विनर्स ट्रफी प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई इन्द्रमणि देवी स्मृति रनर्स अप् ट्रफी प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement