आईपीएल २०२३:रोमाञ्चक म्याचमा मुम्बई इण्डियन्स ६ विकेटले विजयी

IMG-20230501-WA0001.jpg

३० अप्रेलः इण्डियन प्रीमियर लीग (आईपीएल) इतिहासको १०००औं म्याचमा मुम्बई इण्डियन्सले राजस्थान रोयल्स विरुद्ध ६ विकेटले रोमाञ्चक जीत हासिल गऱ्यो। मुम्बईको वानखेड़े स्टेडियममा खेलिएको म्याचमा टस जितेर पहिला ब्याटिंग गर्दै राजस्थान रोयल्सले ओपनर यशस्वी जयसवालको शतकको सहायताले २० ओभरमा ७ विकेट गुमाएर २१२ रन बनायो। जयसवालले १६ वटा चौका र ९ वटा छक्काको साथ ६२ बलमा १२४ रन बनाए। यसबाहेक जोस बटलरले १८ र कप्तान सञ्जु सेमसनले १४ रनको योगदान दिए। मुम्बई इण्डियन्सका बलरहरूमा अरशद खानले ३ र पियुष चावलाले २ विकेट लिए। जवाफमा राजस्थान रोयल्सले ३ बल बाँकी रहँदै ४ विकेट गुमाएर २१४ रन बटुलेर म्याच जित्यो। म्याचको अन्तिम ओभरमा रोयल्सलाई १७ रनको आवश्यकता थियो अनि टिम डेविडले जेसन होल्डरको पहिलो तीनवटा बलमा लगातार ३ छक्का लगाएर मुम्बई इण्डियन्सलाई जीत दिलाए।

डेविडले ५ वटा छक्का र २ वटा चौकाको साथ १४ बलमा अविजित ४५ रन बनाए। उनले पाँचौं विकेटको निम्ति तिलक वर्मासँग २३ बलमा ६२ रनको अटूट पार्टनरशीप गरे। तिलकले ३ वटा चौका र एउटा छक्काको साथ २१ बलमा अविजित २९ रन बनाए। यसअघि मुम्बई इण्डियन्सबाट सूर्यकुमार यादवले ८ वटा चौका र २ वटा छक्काको साथ २९ बलमा ५५ रन बनाए। यसबाहेक क्यामरन ग्रीनले ४४ र ईशान किशनले २८ रनको योगदान दिए। रोयल्सका बलरहरूमा रविचन्द्रन अश्विनले सर्वाधिक २ विकेट लिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement