अल सिक्किम चीफ मिनिस्टर्स सेकेण्ड डिभीजन एस लीग शुरू

IMG-20230430-WA0367.jpg

गान्तोक: राजधानीस्थित पाल्जर स्टेडियममा आजदेखि अल सिक्किम चीफ मिनिस्टर्स सेकेण्ड डिभिजन एस लीग च्याम्पियनशीप प्रतियोगिता शुरु भयो। आजको यस कार्यक्रममा राज्यका खेलकूद एवम युवा मामिला विभाग मन्त्री केएन लेप्चा मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए। आजको पहिलो खेल सिक्किम ब्रदरवूड फूटबल क्लब बनाम पाकिम युनाइटेड स्पोर्टिङ क्लबमाझ सम्पन्न भएको थियो, जसमा एक गोलको विरूद्ध चार गोल गरेर सिक्किम ब्रदरवूड फूटबल क्लब विजयी बन्यो।

सिक्किम फूटबल एसोसिएशनको आयोजनमा आजदेखि शुरु भएको अल सिक्किम चीफ मिनिस्टर्स सेकेण्ड डिभिजन एस लीग च्याम्पियनशीप २०२३ फूटबल प्रतियोगितामा मोठ १२ वटा टोलीले सहभागिता जनाएको छ। यो प्रतियोगिता पाल्जर स्टेडियम र नाम्चीको भाइचुङ स्टेडियममा खेलाइनेछ, जसमा दुइवटा मैदानमा लीग चरणको ३०-३० वटा म्याच हुनेछ। आजदेखि शुरु भएको लीग चरणको म्याच २३ मईसम्म जारी रहनेछ। दुवै स्टेडियमका लीग च्याम्पियन टोलीमाझ अन्ततः अल्टिमेट च्याम्पियन उपाधिको निम्ति पाल्जोर स्टेडियममा भिड़न्त हुनेछ। यस प्रतियोगिताको च्याम्पियन टोलीलाई नगद राशि रु. २ लाख साथै आकर्षक ट्रफी प्रदान गरिनेछ भने उप-विजेता टोलीलाई रु १ लाख साथै आकर्षक ट्रफी प्रदान गरिनेछ।

पत्रकारहरूसँग कुराकानी गर्दै मुख्य अतिथि एवं राज्यका खेल तथा युवा मामिला विभागीय मन्त्री कुङ्गा निमा लेप्चाले यस्ता प्रतियोगिताहरूले युवा खेलाड़ीहरूलाई थप प्रोत्साहन मिल्ने विश्वास प्रकट गरे। उचित मञ्चहरू प्रदान गरिएको कारण हाल खेलकूदको क्षेत्रमा धेरै युवा प्रतिभाहरू मौलाएर अघि आइरहेको उल्लेख गर्दै मन्त्री लेप्चाले राज्यको युवाशक्तिको विकास गर्न सरकार प्रतिबद्ध रहेको बताए।

आजको कार्यक्रममा एसएफएका अध्यक्ष मेनला इथेन्पा लगायत अन्यको उपस्थिति रहेको थियो। खेल अघि उद्घाटन कार्यक्रममा स्थानीय कलाकारहरूले सांगीतिक प्रस्तुत गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement