श्रमिकहरू हाम्रो अर्थव्यवस्थाको आधारशिला हुन्ः राज्यपाल

Untitled-1-copy-220

गान्तोकः सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले श्रम दिवसको अवसरमा सिक्किमका मानिसहरू, विशेष रूपमा श्रमिकहरूलाई हार्दिक बधाई दिएका छन्। राज्यपालले आज जारी आफ्नो सन्देशमा यो दिन कर्मशील श्रमिकहरूको सम्मान गर्ने र उनीहरूको योगदानलाई बुझ्ने दिन हो भनी बताएका छन्। राज्यपालले भनेका छन्, श्रमिकहरू हाम्रो अर्थव्यवस्थाको आधारशिला हुन्। उनीहरूको योगदान बिना हाम्रो देश आगाडि बढ्न सक्दैन यस महान दिनमा समर्पित श्रमिकहरूको योगदानको स्मरण गर्दै म सबै सिक्किमवासीहरूलाई उनीहरूको संघर्ष र त्यागप्रति सम्मान व्यक्त गर्न अपील गर्दछु।

उनले अझ भनेका छन्, श्रमिकहरूले उनीहरूको हकको पूरा अधिकार पाउनुपर्छ। हामीले उनीहरूको सुरक्षा र सुविधाहरू सुनिश्चित गर्नुपर्छ। राज्यपालले सबै मिलेर श्रमिकहरूको सम्मान गर्दै असल अनि उत्थानशील समाजको निर्माण गर्न आह्वान पनि गरेका छन्।

About Author

Advertisement