गान्तोकः भारतीय जनता पार्टी भाजपा, सिक्किममा विभिन्न राजनीतिक पार्टीहरू त्यागेर पन्ध्र परिवार सामेल भएका छन्। राजधानीस्थित पार्टीको नगर कार्यालयमा आज सबै भाजपामा सामेल भए। प्रदेश भाजपा प्रवक्ता डा. राजु गिरीले आज एसकेएम पार्टी र एसडीएफ पार्टी त्यागेर पन्ध्र परिवार भाजपामा सामेल भएको जानकारी गराए। उनीहरू सबैलाई प्रदेश अध्यक्ष डीआर थापाले खदा लगाइदिएर पार्टीमा स्वागत जनाए।
यस अघि पार्टीको नगर कार्यालयमा पार्टी पदाधिकारीहरू र कार्यकर्ताहरू प्रधानमन्त्री नरेन्द्र मोदीको ‘मन की बात’ को १००औं श्रृंखलाको साक्षी बनेको प्रवक्ता गिरीले जानकारी गराए।