पीसूरे: दुई जोड़ी विशेष ट्रेनरूको सेवारूको विस्तार

633397-india-rail.jpg

गुवाहाटी: पूर्वोत्तर सीमा रेल (पूसीरे) लेगुवाहाटी-कोलकाता र अगरतला कोलकाताबीच दुई जोड़ी विशेष ट्रेनहरूको सेवाहरूमा मई महिनामा अतिरिक्त दुई ट्रिपको निम्ति विस्तारित गर्ने निर्णय गरेको छ। पूसीरेका सीपीआरओ सब्यसाची डे ले जानकारी गराएका छन्, यी विशेष ट्रेनहरू आफ्नो वर्तमान समय-सारणी, रोकिनु र संयोजन अनुसार चल्नेछ।
गुवाहाटी-कोलकाता रेलवे स्टेशनहरूबीच अझ दुई ट्रिपको निम्ति ३० अप्रेलसम्म अधिसूचित ट्रेन संख्या ०२५१८ (गुवाहाटी-कोलकाता स्पेशल) आफ्नो विस्तारित सेवा लगातार दुई शनिवार अर्थात् ६ मई र १३ मईमा गुवाहाटी स्टेशनदेखि कोलकाता स्टेशनको निम्ति चल्नेछ ३० अप्रेलसम्म अधिसूचित ट्रेन संख्या ०२५१७ ( कोलकाता-गुवाहाटी स्पेशल) आफ्नो विस्तारित सेवा लगातार दुई बिहीवार अर्थात् ४ मई र ११ मईमा कोलकाता स्टेशनबाट गुवाहाटी स्टेशनको निम्ति ट्रेन सेवाहरूको विस्तार गरिएको छ।
अगरतला-कोलकाता रेलवे स्टेशनहरूबीच ३० अप्रेलसम्म अधिसूचित ट्रेन संख्या ०२५०२ (अगरतला-कोलकाता स्पेशल) आफ्नो विस्तारित सेवा लगातार दुई बुधवार अर्थात् ३ मई र १० मईमा अगरतला स्टेशनदेखि कोलकाता स्टेशनका लागि चल्नेछ। ३० अप्रेलसम्म अधिसूचित ट्रेन संख्या ०२५०१ (कोलकाता-अगरतला स्पेशल) आफ्नो विस्तारित सेवा लगातार दुई आइतवार अर्थात् ७ मई र १४ मईमा कोलकाता स्टेशनदेखि अगरतला स्टेशनको लागि चल्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement