गुवाहाटी: विश्व नृत्य दिवसको अवसरमा दुई दिवसीय अन्तरराष्ट्रिय नृत्य उत्सवको आज समापन भयो। गैर सरकारी संस्था प्रोजेक्शन फाउन्डेशन र हेल्पिङ ह्याण्ड सोशल फाउन्डेशनको संयुक्त तत्वावधाननमा शनिवार गुवाहाटीको जिल्ला पुस्तकालयको प्रेक्षागृहमा नृत्य उत्सवको शुभारम्भ गरिएको थियो।
यस अवसरमा प्रोजेक्शन फाउन्डेशनका संस्थापक निदेशक सीमा पुरकायस्थ रोयले भने, पूरा देश तथा बांग्लादेशबाट लगभग २०० प्रतियोगीहरूले यस नृत्य उत्सवमा भाग लिए। सबै विजयी प्रतियोगीहरूलाई पुरस्कार एवं सर्टिफिकेट प्रदान गरियो।आइतवार नृत्य उत्सवको दोस्रो दिन प्रसिद्ध मणिपुरी नृत्य शिल्पी स्वर्गीय गुरू सत्यजीत सिन्हाको स्मृतिमा समाजका विभिन्न क्षेत्रहरूमा कार्यरत केही विशिष्ट व्यक्तिहरूलाई आजीवन पुरस्कार प्रदान गरियो।