डायमण्ड हार्बर: पोखरीमा नुहाइरहेको समय दुई केटाहरूको मृत्यु भएको छ। पोखरीबाट दुवैको मृतदेह उद्धार गरिएको छ। यो घटना दक्षिण २४ परगना जिल्लाको कालीतला – आशुति थाना अन्तर्गत जगन्नाथपुरको गोश्तला क्षेत्रमा आइतवार घटेको हो। मृतकहरू शीतल धानुका उर्फ बाबू (१५) र उसका आफन्त शुभदीप बरुआ (१६) को रूपमा चिन्हित गरिएको छ। दक्षिण २४ परगनाको कलीतला आशुति थाना अन्तर्गत गोश्तला क्षेत्रमा आइतवार बिहान लगभग साढे दस बजी दुवै किशोर आफ्नो घरबाट केही टाढ़ा पोखरीमा नुहाउन गए। तर उनीहरूलाई पोखरी कतिको गहिरो छ, थाहा थिएन। दुवै भाई अचानक डुब्न थाले। पोखरीमा दुई किशोरलाई डुब्दै गरेको देखेर त्यहाँ उपस्थित महिलाहरूले चिच्याउनु शुरू गरे। उनीहरूलाई बचाउनका लागि स्थानीय निवासी पानीमा कुदे। तर दुवैलाई पानीबाट निकाल्नमा केही समय लाग्यो। जबसम्म दुवैलाई पोखरीबाट बाहिर निकालियो तबसम्म उनीहरू मरिसकेका थिए। तरैपनि दुवैलाई बेहालाको विद्यासागर अस्पताल लगियो, जहाँ डाक्टरहरूले दुवैलाई मृत घोषित गरे। यस घटनाले क्षेत्रमा शोकको लहर दौड़ेको छ।