खोरीबारी: राष्ट्रिय राजमार्गमा बाँस बोकेको एउटा कन्टेनर अनियन्त्रित भएर पल्टिएको छ। यस दुर्घटनामा दुई जना व्यक्ति घाइते भएका छन्। यो घटना खोरीबारीको दुधगेट इलाकामा घटेको हो। सूत्रले दिएको जानकारी अनुसार सिलगढीबाट बिहारतर्फ गइरहेको समय बाँस बोकेको एउटा कन्टेनरले लरीलाई साइड दिने क्रममा अनियन्त्रित भएर सडक किनारमा पल्टिएको बताइएको छ। घटनापछि स्थानीय मानिसहरू घटनास्थलमा पुगेर चालक तथा खलासीलाई उद्धार गरेर बतासी स्वास्थ्य केन्द्रमा लगेको छ। घटनाको खबर पाएर खोरीबारी पुलिस घटनास्थलमा पुगेर क्रेनको सहयोगमा उक्त कन्टेनर उद्धार गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।