फाँसीदेवा: कुदीरहेको रेलबाट लडेर एकजना यात्री घाइते भएका छन्।फाँसीदेवा खण्डको निजबारी स्टेसनको पालपाडामा यो घटना घटेको हो। घाइते युवक एनजेपी इलाका निवासी रिजु ब्यानर्जीको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार हल्दीबारी शियालदाहगामी ट्रेनमा यात्रा गरिरहेका एकजना यात्री ट्रेनको दैलोमा नजिक उभिरहेको समय अचानक ट्रेनबाट भुइँमा लड्दा घाइते भएका छन्। घटनापछि फाँसीदेवा थाना पुलिसले घाइते युवकलाई उद्धार गरेर फाँसीदेवा ग्रामीण अस्पतालमा पठाए तापनि त्यहाँ युवकको अवस्थामा कुनै सुधार नभएपछि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा रेफर गरिदिएको छ। फाँसीदेवा थाना पुलिसले घटनाको जाँच शुरू गरेको छ।









