भागोप्रमोको गीता घतराज लगायत अन्य पार्टीका धेरैजना हाम्रो पार्टीमा सामेल

IMG-20230430-WA0331.jpg

हाम्रो पार्टी भनेको जनताको पार्टी हो: अजय एडवर्ड

दार्जीलिङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको गीता घतराज आज हाम्रो पार्टीमा सामेल भएका छन्। लेबोङ बदमताम समष्टिमा आज हाम्रो पार्टीको सभा सम्पन्न भयो। आयोजित सभामा पार्टी केन्द्रीय अध्यक्ष अजय एडवाडर्स स्वयम् उपस्थित रहेका थिए। त्यसरी नै पार्टीको केन्द्रीय सांगठनिक सचिव विक्रमादि राई, हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय प्रमुख सल्लाहकार राजु सुब्बा, हाम्रो पार्टीको दार्जीलिङ महकुमा समिति अध्यक्ष पुरण तामाङ, लेबोङ बदमताम समष्टि को-अर्डिनेटर साकाल देवान आदि उपस्थित रहेका थिए। सभामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको दार्जीलिङ महकुमा समितिको वरिष्ठ कार्यकर्ता एंव लेबोङ बदमताम समष्टिको वरिष्ठ नेत्री गीता घतराज लगायत अन्य पार्टीबाट एक सयभन्दा धेर समर्थकहरूले आज हाम्रो पार्टीको भिजन र पार्टी अध्यक्ष अजय एडवाडर्सको इमान्दारितामाथि आस्था र भरोसा राख्दै हाम्रो पार्टीमा सामेल भएका छन्। पार्टी अध्यक्ष अजय एडवाडर्स, महकुमा समिति अध्यक्ष पुरण तामाङ, समष्टि को-अर्डिनेटर साकाल देवान आदिले गीता घतराज लगायत अन्य नेतृत्वहरूले समर्थकहरूलाई खदा लगाउँदै पार्टीमा स्वागत जनाएका छन्।

उपस्थित भीडलाई पार्टी अध्यक्ष अजय एडवाडर्सले सम्बोधन गर्ने क्रममा हाम्रो पार्टी भनेको जनताको पार्टी हो भन्ने बताए। हाम्रो पार्टीले आफ्नो स्थापनाकालदेखि नै पहाडमा जनताको राज ल्याउने दिशामा लागि परेको बताए। भष्ट्रचार मुक्त पहाड हाम्रो पार्टीको लक्ष्य हो। हाम्रो दार्जीलिङ, राम्रो दार्जीलिङ हाम्रो पार्टीको मूल मन्त्र रहेको बताए। पहाडको क्षेत्रीय समस्याहरूसंगसंगै गोर्खा जातिको जातीय मुद्दालाई हाम्रो पार्टीले बोकेको छ भन्ने पार्टी अध्यक्ष एडवाडर्सले बताए। हाम्रो पार्टीको संविधानको टुप्पोमा नै छुट्टै राज्यको मुद्दालाई प्राथमिकताको साथ राखेको छ। हाम्रो दार्जीलिङ, राम्रो दार्जीलिङसंगसंगै गोर्खा जातिको जातीय मुद्दालाई फत्ते गर्न समस्त गोर्खा जातिलाई एकबद्व हुने अध्यक्ष एडवाडर्सले आह्वान् गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement