गोर्खा जातिको जातीय मुद्दामाथि हाम्रो पार्टी इमान्दार छ: निश्चल पाख्रिन
दार्जीलिङ: हाम्रो पार्टीको सिपाही भएर काम गर्ने निश्चल पाखरिङले संकल्प लिएको जानकारी प्राप्त भएको छ। लङभ्यु क्षेत्रका राजनैतिज्ञ निश्चल पाख्रिनले आज हाम्रो पार्टीको झण्डा समाएका छन्। पार्टीको केन्द्रीय अध्यक्ष अजय एडवाडर्स लगायत केन्द्रीय नेतृत्वहरूले निश्चल पाख्रिनलाई खदा लगाउँदै पार्टीमा स्वागत जनाएका छन्। हाम्रो पार्टीमा सामेल भएपछि निश्चल पाख्रिनले आजदेखि हाम्रो पार्टीको एक इमान्दार सिपाही भएर पहाड र जातिके हितमा काम गर्नेछु भन्ने उनले बताए। उनले अघि भने, ‘दार्जीलिङ पार्वतीय क्षेत्र र गोर्खा जातिको निम्ति केही गर्छु भन्ने विचारले मैले राजनैतिक पृष्ठ भूमिमा पाइला राखेको हो। तर गत धेरै महिना अघिदेखि म कुनै पनि राजनैतिक दलहरूसंग जोडिएको थिइन। केवल पहाडको राजनैतिक स्थितिमाथि नजर राख्ने कार्य मात्र गर्दै आईरहेको थिए। यस अवधि मैले हाम्रो पार्टीको भिजन र पार्टी अध्यक्ष अजय एडवाडर्सको इमान्दारितामाथि अध्ययन गर्दै आईरहेको थिए अनि मैले हाम्रो पार्टीले मात्र दार्जीलिङ पार्वतीय क्षेत्रको पक्षमा काम गर्ने, गोर्खा जातिको जातीय मुद्दाप्रति इमान्दार रहेको पाएपछि मैले हाम्रो पार्टीमा सामेल हुने निर्णय लिएको हो।’
उनले अझ भने, विगत फरवरी महिनामा हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स लङ्भ्युको भ्रमणमा आएका थिए। त्यस अवधि उनी मेरो घरमा पनि आएका थिए अनि हामीहीच धेरै लामो समयसम्म पहाडको वर्तमान राजनैतिक स्थिति अनि गोर्खा जातिको जातीय मुद्दा आदि जस्ता विषयहरूमाथि चर्चा भएको थियो अनि उनको सोच र विचारहरू सुनेर हाम्रो पार्टीप्रति मेरो झुकाउ भएको थियो। हाम्रो पार्टीले पहाडमा जनताको राज ल्याउने,भष्ट्रचार मुक्त पहाड बनाउने जो कदम उठाएको छ।त्यो साच्चै नै प्रशंसानीय कदम रहेको छ।’
उनले अघि भने, हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स लङ्भ्यु भ्रमणमा आएपछि लङभ्यु बरबोटेको बासिन्दाहरूले बाटोको जीर्णद्वार गरी दिने अनुरोध गरेका थिए। त्यस अवधि अध्यक्ष एडवाडर्सले म कालो बाटोको निर्माण गर्न सक्दिन तर सिमेन्टद्वारा बाटोको जीर्णोद्वार गरिदिन्छु भन्ने वचन दिएका थिए। यस अवधि जीटीएको सत्ता चौकीमा बस्नेहरूले वक डाउनमा बाटोको जीर्णोद्वारको कार्य शुरू गरेको छ। यो राम्रो विषय हो तर जीर्णोद्वारको कार्य गाउँवासीको आँखा छल्ने काम मात्र नहोस्।’ पाख्रिनले गत २०१४ देखि नै लङ्भ्यु बरबोटेको बाटो जीर्णावस्थामा पुगेका हो अनि यसबारे आफुहरूले सम्बन्धित विभागीय अधिकारीहरू समक्ष धेरै पटक पत्रचार आदि जस्ता कार्यहरू गरेका थियौं तर कुनै कार्य भएको थिएन। २०१७ को गोर्खाल्याण्ड आन्दोलनपछि पहाडको राजनैतिक परिवेशमा जस्तो प्रकारको परिवर्तन आएको थियो,त्यस अवधि आफुहरूले सत्ता चौकीमा बस्नेहरूसंग पनि हामीले बाटोको जीर्णोद्वारको गुहार लगाएका थियौं। तर हाम्रो कुनै सुनाई भएको थिएन। हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सको लङभ्यु भ्रमणको कारणले सत्ता पक्ष बरबोटेको बाटो जीर्णोद्वार कार्यमा लागि परेको हो।’









