दार्जीलिङ: राप्गे राई हाम्रो पार्टी युवा शक्तिको चिफ् को-अर्डिनेटर चयन भएका छन्।
हाम्रो पार्टीको युवा एकाईले हाम्रो दार्जीलिङ राम्रो दार्जीलिङको संदेश पहाडको कुना काप्चाहरूमा पुराउने लिए संकल्प लिएको छ। शहरको माल रोडस्थित हाम्रो पार्टीको केन्द्रीय कार्यालय पी कोठीमा हाम्रो पार्टी युवा एकाईको सभा सम्पन्न भयो। यसै सभामा हाम्रो पार्टीको केन्द्रीय नेतृत्वहरू लगायत दार्जीलिङ महकुमा समितिको नेतृत्वहरूको उपस्थिति रहेको थियो। सभामा धेरै लामो समयसम्म चर्चा परिचर्चा भएपछि हाम्रो पार्टीको युवा एकाईलाई सक्रिय बनाउने जमर्को कसेको छ। जसमा हाम्रो पार्टी युवा शक्ति दार्जीलिङ महकुमा समितिको को-अर्डिनेशन कमिटिको गठन गर्ने कार्य भयो। ४२ जना सदस्यहरूको को-अर्डिनेशन कमिटिको चिफ् को-अर्डिनेटरको कार्यभार राप्गे राईलाई सुम्पिएको छ। त्यसरी नै दिपिका गुरूङ र आशिष छेत्रीलाई एसिस्टेन्ट को-अर्डिनेटरको पदमा चयन गरिएको छ। हाम्रो पार्टी युवा शक्तिको चिफ् को-अर्डिनेटर राप्गे राईले पार्टीले आफुमाथि जो आस्था र भरोसा गरेर चिफ् को-अर्डिनेटरको कार्यभार सुम्पिएको छ। त्यसलाई इमान्दारितापूर्वक पालन गर्ने बताए। उनले भने, दार्जीलिङ महकुमा समिति अन्तर्गत जति पनि समष्टिहरू छन् ती समष्टिहरूमा पार्टीको भिजन र पार्टी अध्यक्ष अजय एडवाडर्सको इमान्दारिताको संदेश घर घरमा पुराउने काम गर्ने छौं।’
उनले अघि भने, हाम्रो युवा जमातहरूमाझ राजनैतिक, साहित्यिक, समाजिक, शैक्षिक आदि जस्ता जे जति समस्याहरू छन् त्यसको समाधानको कार्यमा लागि पर्नेछौं साथै अन्य विषयहरूको समस्यामा परेका युवा जमातहरूलाई हामी हाम्रो पक्षबाट भर पूर सहयोग पूराउने छौं। उनले अझ भने, ‘पहाडको वर्तमान राजनैतिक परिवेश हिलो छेप्ने आदि जस्ता कार्यहरू भईरहेको छ। यस्ता कुसंस्कारदेखि स्वास्थ्य राजनैतिक परिवेश ल्याउने दिशामा हामी काम गर्नेछौं।’
दार्जीलिङ महकुमा अन्तर्गत जे जति समष्टिहरू छन् ती सबै समष्टिहरूमा हामी हाम्रो पार्टीको युवा एकाई एंव युवा शक्तिको कमिटि गठनहरू गर्ने छौं राईले भने।