खरसाङ: साहित्य कला संस्थान तीनधारेको वार्षिक साधारण सभा तीनधारेको राजबारीस्थित जनसेवा संघमा सभापति रञ्जनकुमार रसाईलीको अध्यक्षता र सचिव सन्तोष लामाको सञ्चालनमा सम्पन्न भएको छ। सभामा मूल सचिव सन्तोष लामाले वर्ष २०१८ देखि २०२२ सम्ममा साहित्य कला संस्थान तीनधारेले गरेको विभिन्न कार्यहरू विषयमा जानकारी गराउँदै सचिवको प्रतिवेदन प्रस्तुत गरेका थिए। उनले साहित्य कला संस्थानमा सबै सदस्यहरूका सहभागिता र सहयोग रहेको बताउँदै सबैप्रति आभार प्रकट गरेका थिए। त्यसरी नै कोषाध्यक्ष दिलिप गजमेरले पनि संस्थानको हर हिसाबहरू प्रस्तुत गरेका थिए। सभामा सभापति रञ्जनकुमार रसाईलीले आफ्नो अध्यक्षीय सम्भाषणसितै धन्यवाद ज्ञापन पनि राखेका थिए। त्यसपछि साहित्य कला संस्थान तीनधारेको चुनाव सम्पन्न भएको थियो। उक्त चुनाव प्रक्रिया मदनकुमार प्रधानको अध्यक्षतामा सम्पन्न भएको थियो भने पूर्ण गुरुङ चुनाव पर्यवेक्षकको रूपमा उपस्थित रहेका थिए। उक्त चुनाव गोप्य रूपमा ब्यालेटमार्फत् सम्पन्न भएको थियो। उक्त चुनावमा सबैले आफ्नो गोप्य मतदान गरेका थिए अनि उक्त चुनावमा सबैले सभापति, सचिव र कोषाध्यक्षलाई गोप्य मतदानको माध्यमले चयन गरेका थिए। उक्त चुनावमा सभापतिको रूपमा रञ्जनकुमार रसाईली, सचिवको रूपमा सन्तोष लामा र कोषाध्यक्षको रूपमा दिलिप गजमेर नै चयन भएका छन्। उक्त चुनावपछि मतदानपछि चयन भएका नयाँ सभापति, सचिव र कोषाध्यक्षलाई चुनावको सभाध्यक्ष, सचिव र कोषाध्यक्षलाई बधाईसहित खदार्पण गरिएको छ। सभामा सर्वसहमतिद्वारा साहित्य कला संस्थानको उपाध्यक्षको रूपमा सुरेन बम्जनलाई चयन गरिएको छ भने सह सचिवको रूपमा उत्तम शर्मालाई चयन गरिएको छ। त्यसरी नै संस्थानको सल्लारकार, संरक्षण र अन्य पदाधिकारीहरू आगामी सभामा चयन गरिने भएको जानकारी मूल सचिव सन्तोष लामाले दिएका छन्।