गोरुबथान (महेश्वर प्रधान): गोरुबथान अम्बियोक चियाबारीमा यही २ मईको दिन गौतम बुद्धको मुर्ति अनावरण गरिने भएको छ। अम्बियोक न्यु लाइन सेवा समितिको तत्वाधानमा मुर्ति स्थापनाको कार्य भइरहेको छ। यस महत् कार्यको निम्ति गठित आयोजक कमिटिको सभापति रिनोद प्रधान उप सभापति विरेन्द्र मुण्डा सचिव बिनोद मोक्तान सह सचिव रोहित शर्मा कोषाध्यक्ष बल बहादुर छेत्री र सह कोषाध्यक्ष रक्षा तामाङ रहेका छन्।आगमी २ मईको दिन मुर्ति अनावरण लाभा गुबाबाट आउनुहुने रिम्पोछेबाट गरिनेछ भने आगमी ३,४ र ५ मईको दिन दोमाङ पाठ गरिनेछ।

५ मई बुद्ध पूर्णिमाको दिन टुल्कुको बाहुलीबाट वाङ वितरण गरिनेछ।यस आयोजक समितिको थिम आफ्नो गाउँ आफै सुन्दर बनाउ तथा हाम्रो अम्बियोक राम्रो अम्बियोक रहेको छ। यसै कार्यक्रम सम्बन्धी जानकारी दिँदै सचिव बिनोद मोक्तान र सह सचिव रोहित शर्मा यसो भन्नुहुन्छ।









