नयाँ दिल्लीः विदेश राज्यमन्त्री वी. मुरलीधरन आगामी १ देखि ३ मईसम्म सऊदी अरब र ४ देखि ५ मईसम्म बहरीनको आधिकारिक यात्रामा जानेछन्। यात्रा अवधि उनले दुवै देशका आफ्ना समकक्ष मन्त्रीहरूसित भेट गर्नेछन् साथै भारतीय समुदायका मानिसहरूसित बातचित गर्नेछन्। विदेश राज्यमन्त्री मुरलीधरन यसपूर्व सूडानबाट भारतीय नागरिकहरूलाई निकाल्न अपरेशन कावेरीको निगरानी गर्नको लागि २५ देखि २८ अप्रेलसम्म सऊदी अरब यात्रा अवधि जेद्दामा बसेका थिए।विदेश मन्त्रालय अनुसार मुरलीधरनको यात्राले भारत-सऊदी रणनीतिक साझेदारीलाई अझ सुदृढ़ बनाउनेछ। मुरलीधरनले ०१ देखि ०२ मईसम्म रियादमा सऊदीका उपविदेशमन्त्री वलीद एलखेरीजी र अन्य गणमान्य व्यक्तिहरूसित भेट गर्नेछन्। रियादमा उनको भारतीय समुदायसित एक सम्वाद सत्र सम्पन्न हुनेछ तथा विभिन्न भारतीय प्रवासी संगठनहरूसित अलग-अलग रूपमा कार्यक्रम पनि सम्पन्न हुनेछ। ०३ मईमा मुरलीधरनले सऊदी अरबको पूर्वी प्रान्तको भ्रमण गर्नका साथै प्रान्तका शीर्ष नेतृत्वसित भेट गर्नेछन्। यस अवधि उनले दम्मम र जुबैलमा भारतीय समुदायसित बातचित गर्नेछन् साथै भारतीय कम्पनीहरू सहित विभिन्न व्यवसायिक समूहहरूसित भेट गर्ने गर्न्छन्।
विदेश राज्यमन्त्रीको यो दोस्रो बहरीन यात्रा हुनेछ। उनले विगत वर्ष २०२१-को अगस्त महिनामा बहरीनको दौड़ाह गरेका थिए। उनले बहरीनका विभिन्न गणमान्य व्यक्तिहरूसित विचार-विमर्श गर्नेछन् अनि भारतीय समुदायका संगठनहरू सहित विभिन्न क्षेत्रहरूमा काम गर्ने भारतीयहरूसित भेट गर्नेछन्। मुरलीधरनले स्वतन्त्रताको अमृत महोत्सवको एक भागको रूपमा बहरीन केरलीय समाजम तथा भारतको दूतावासद्वारा आयोजना गरिने भारत-बहरीन नृत्य औ संगीत समारोहको पनि उद्घाटन गर्नेछन्।