मिरिकमा रक्तदान सगै मेघा हेल्थ क्याम्प सम्पन्न

IMG-20230408-WA0112.jpg

मिरिक: आज दिनाङ  ३० अप्रेल २०२३ आइतबार को दिन कृष्ण नगर क्लब मा आइ लभ मिरिकको आयोजना, गोर्खा च्यारिटेबल हस्पिटल तथा हिमालयन वेल्फेयर अर्गनाइजेसनको सहयोगमा रक्तदान सगै मेघा हेल्थ चेक अप क्याम्प सम्पन्न भयो।१७ जना महिला लगात अन्य जम्मा ५७ जनाले ब्लड डोनेट गरे भने ४६ जनाले आँखा जाँच गराए। संग्रह गरेको ब्लड रोटेरी ब्लड बैंक सिलिगुडी लाई सुम्पियो। ग्रेटर लायन्स आइ हस्पिटल को टिमले आँखा जाँच गरेको थियो र ९ जनाको आँखा मा मोति बिन्दु फेला परेको छ र उनीहरुलाई सिलिगुडीमा बोलाएर निशुल्क अप्रेसन गरि दिने छन। त्यसरी नै मुखर्जी हस्पिटल सिलिगुडी बाट डाक्टर मैनाक मुखर्जी, डाक्टर सुमित कुमार दास स्त्री रोग विशेषज्ञ, डाक्टर सन्दिपन नस्कर, इएनटी, डाक्टर सिमरन अहमद, दातको डाक्टर, एस्सिस्टेन्ट प्रोफेसर मनाली दत्त उपस्थित थिए। २७ जना महिलाहरु ले  स्त्री रोग विशेषज्ञ सग जाँच गराए, २३ जनाले दात चेक गराए भने ११ जनाले कान जाँच गराए।  

गोर्खा च्यारिटेबल हस्पिटल का महासचिव सचिव तथा हिमालयन वेल्फेयर अर्गनाइजेसन का अध्यक्ष सुरेन प्रधान सग देबि लाल प्रधान तथा किशन गुरुङ (ज्ञान घोण्डे गुरुङ)  उपस्थित थिए। मिरिक महकुमा शासक श्री सुदिप्त देव नाथ प्रमुख अतिथि को रूपमा उपस्थित थिए। आइ लभ मिरिक का सम्पुर्ण सदस्यबर्गलाई यो सरहानिय कार्यको निम्ति बधाइ छ। 

सुरेन प्रधान महासचिव गोर्खा च्यारिटेबल हस्पिटल तथा अध्यक्ष हिमालयन वेल्फेयर अर्गनाइजेसन 

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement