तीनधारेमा भईरहेको फुटबल टुर्नामेन्टको उपाधि लिंकन क्लब सिपाहीधुराको झोलीमा

IMG-20230430-WA0318.jpg

खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारेको मिठाईडाँड़ा खेल मैदानमा भईरहेको फुटबल टुर्नामेन्टको उपाधि लिंकन क्लब सिपाहीधुराले जितेको छ। तीनधारेको राजबारी युउथको आयोजनामा विगत ८ अप्रेलदेखि भईरहेको फुटबल टुर्नामेन्टको फाइनलमा लिंकन क्लब सिपाहीधुराले सिविटारलाई ४- को अन्तरले पराजित गरी फाइनल खेल जितेको छ। आज भएको फाइनल खेलको पहिलो हाफमा सिपाहीधुराको पक्षमा जर्सी नम्बर ३ संगम प्रधानले लगातार दुई गोल गरेका थिए।

पहिलो हाफको खेल २- मा सकिएको थियो भने दोस्रो हाफको सुरुमा नै सिपाहीधुराको जर्सी नम्बर ७ बबी राईले लगातार दुई गोल गरेर ४ गोलको बढ़त बनाएको थियो। सिविटारको पक्षमा कुनै पनि गोल हुन नसकेपछि फाइनल खेल सिपाहीधुराले ४-० को अन्तरले सजिलै जितेको थियो। आजको फाइनल खेलमा अतिथिको रूपमा जनसेवा संघ राजबारीको सभापति महेन्द्र तामाङ, नारायण माझी, नरेन बम्जन, तीनधारे पुलिस आउट पोष्टको एएसआई सोमेन रोय मण्डल, पूर्व खेलाड़ी सुकराज छेत्री, डा. विवस सेवा लगायत अन्यहरू उपस्थित रहेका थिए। यस फाइनल खेलमा विजेता दल लिंकन क्लब सिपाहीधुरालाई ट्रफिसहित नगदराशि पन्ध्र हजार अनि उप विजेता दल सिविटारलाई ट्रफीसहित नगदराशि दश हजार प्रदान गरिएको थियो।

गत ८ अप्रेलदेखि तीनधारे क्षेत्रका १२ वटा फुटबल टिमहरूलाई लिएर खेलाइएको यस टुर्नामेन्टमा प्लेयर अफ् द टुर्नामेन्टको खिताब सिविटारका खेलाड़ी अनिकेत तामाङलाई चयन गरिएको छ भने सर्वाधिक गोलदाताको रुपमा मित्र संघ गोलाई पाखाको खेलाड़ी सिर्जन गुरुङ चयन भएका छन्। त्यसरी नै बेस्ट गोल किपर सिपाहीधुराको खेलाड़ी अनित प्रधान चयन भएका छन् भने इमर्जिङ प्लेयरको अवार्ड दुई नम्बर बस्तीको खेलाड़ी माध्यम सुब्बा चयन भएका छन्। यस फुटबल फाइनल खेल विषयमा पत्रकारहरूसित कुराकानी गर्दै राजबारी युउथको पक्षबाट भुवन नेवारले विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement