कालियागञ्जमा सोमवारसम्म धारा १४४ लागु रहने

0000000000000000000000000000-17.png

उत्तर दिनाजपुरः जिल्लाको कालियागञ्जमा एक साताभन्दा पनि धेरै समयदेखि स्थिति गरम छ। जसलाई ध्यानमा राख्दै प्रशासनले अझ् एक दिन अर्थात् सोमवारसम्म धारा १४४ जारी राख्ने निर्णय लिएको छ। वस्तुतः कानून व्यवस्था बनाई राख्नका लागि २६ अप्रेलमा कालियागञ्ज नगर पालिकाको वार्ड नम्बर ४,५,६ र ११ मा एक साताको निम्ति धारा १४४ जारी गरिएको थियो। जुन आजसम्म लागू थियो। यद्यपि, पुलिसको तर्फबाट आइतवार जानकारी दिइयो कि क्षेत्रमा भोली सोमवारसम्म धारा १४४ लागू रहनेछ। यस अवधिमा सभा, माइक, लाउड स्पीकरमा पनि प्रतिबन्ध रहनेछ।

उल्लेख्य, गत शुक्रवार कालियागञ्ज गाउँमा एक पोखरीबाट एक किशोरीको शव उद्धार गरिएको थियो। किशोरीको साथ दुष्कर्म गरी हत्या गरिएको आरोप थियो। यस घटनाको विरोधमा स्थानीय निवासी सड़कमा उत्रेका थिए। जसबाट कालियागञ्जमा तनावको माहोल बनेको थियो। गत मंगलवार कालियागञ्ज थाना घेरावको समय तनाव बढ्यो। ग्रामीणहरूले थानामा तोड़फोड़पछि आगो लगाए। त्यही, घटनामा सामेल मानिसहरूलाई समाउने प्रयासमा राधिकापुर क्षेत्रमा मृत्युञ्जय बर्मनको पुलिस गोलीबारीमा मृत्यु भएको थियो। त्यही, क्रमवार घटनाहरूले कालियागञ्जका आमजन भयभित भएका छन्। पछिल्ला केही दिनहरूको स्थितिमाथि नजर राख्दै प्रशासनले थप एक दिन धारा १४४ लागू राख्ने निर्णय लिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement