कुचबिहारः भाजपाको पार्टी कार्यालयमा तोड़फोड़ गरेको आरोप तृणमूल कांग्रेसमाथि लागेको छ। घटना आइतवार माथाभाङ्गा-१ नम्बर प्रखण्डको गोपालपुर बजारबाट अघि आएको छ। भाजपाका मण्डल उपाध्यक्ष रन्जन बर्मनले आरोप लगाए, तृणमूल कांग्रेस प्रायोजित बदमाशहरूले शनिवार अबेर राति उनको पार्टी कार्यालयमा तोड़फोड़ गरेका छन्। तृणमूलका उपद्रवीहरूले यसअघि पनि उनको पार्टी कार्यालयमा तोड़फोड़ गरेका थिए। यस सम्बन्धमा आज माथाभाङ्गा थानामा लिखित शिकायत दर्ता गराइएको छ। दर्ता शिकायतपछि पुलिसले घटनाको जाँच शुरू गरेको छ।
यद्यपि, तृणमूलले यस आरोपको पूर्ण रूपमा खण्डन गरेको छ। तृणमूल कांग्रेसका अञ्चल अध्यक्ष विभूति बर्मनले दाबी गरे, यो घटना भाजपाको गुटीय संघर्ष हो।









