दार्जीलिङ चौरस्तामा माउसेसद्वारा भजन सन्ध्या सम्पन्न

IMG-20230430-WA0311.jpg

दार्जीलिङ: हिँज २९ अप्रेल २०२३ को दिन साँझ दार्जिलिङको चौरास्ता परिसरमा मानव उत्थान सेवा समिति दार्जिलिङ मण्डल अनि सांस्कृतिक विभाग तथा संगीत मंच उत्तर पुर्वाञ्चल क्षेत्रको संयुक्त आयोजनामा भजन सन्ध्या कार्यक्रम समितिको उत्तर पूर्वाञ्चल क्षेत्रका अध्यक्षा महात्मा अदिना बाईजीको अध्यक्षतामा भव्य रुपमा सम्पन्न भएको थियो। कार्यक्रममा मुख्य अतिथिको रुपमा सुचना अनि सांस्कृतिक विभाग जिटिएका भारप्राप्त सभासद अनोश थापा र विशिष्ट अतिथिहरुमा दिपेन ठकुरी चेयरमेन दार्जिलिङ नगरपालिका, अमरलामा मनोनीत सभासद, प्रतिभा राई चामलिङ उपाध्यक्षा दार्जिलिङ नगरपालिका उपस्थित थिए। समारोहका अध्यक्ष बाईजी एवम् मुख्य अतिथि अनि विशिष्ट अतिथिहरुको बाहुलीबाट दीप प्रज्वलनको साथमा कार्यक्रम सुआरम्भ भएको थियो। भजन सन्ध्या कार्यक्रममा प्रजापति ब्रह्माकुमारी संस्थाबाट दिदी मुन्नाको विशेष उपस्थिति रहेको थियो ।वहाँबाट अध्यक्षा अदिना बाईज्युलाई स्मृति चिन्ह प्रदान गरियो।
दार्जिलिङकी प्रसिद्ध गायिका हीरा रसाईलीले पनि कार्यक्रममा उपस्थिति अनि प्रस्तुति दिएकी थिईन्।
समितिको पक्षमा अध्यक्षा महात्मा अदिना बाईजी, गान्तोक तहसिल प्रभारी महात्मा ज्ञान बाईजी, जोरथाङ तहसिल प्रभारी महात्मा सुमती बाईजी, मिरिक तहसिल प्रभारी महात्मा मनोहरी बाईजी, बिजनबारी तहसिल प्रभारी महात्मा तारिका बाईजी, कालिम्पोङ तहसिल प्रभारी महात्मा कन्चन बाईजी, खरसाङ तहसिल प्रभारी- महात्मा सुष्मा बाईजी, मङ्पु तहसिल प्रभारी महात्मा अलकनन्दा बाइजी लगायत अन्य सन्त महात्माहरूको उपस्थिति रहेको थियो ।समितिको पक्षमा उत्तर पूर्वाञ्चल क्षेत्रको मूल सचिव प्रकाश हाङखिम, सल्लाहकार लक्षुमण राई लगायत समिति, सेवा दल, आध्यात्मिक युवा संगठन, बाल सभाका विभिन्न तहका पदाधिकारीहरू लगायत भक्ति संगीत प्रेमीहरूको अपार भीड रहेको उक्त भजन सन्ध्यामा माउसेस सांस्कृतिक विभाग र संगीत मंचका कलाकारहरुमध्ये किबोर्डमा ललित खाती, अशेष तामाङ ,बाँसुरीमा प्रितम छेत्री, अनुनय राई,ढोलकमा प्रतीक प्रधान ,तबलामा पुजस प्रधान, अक्टोप्याडमा नितेन विश्वकर्मा, वेस गिटारमा प्रणम छेत्री प्रणीत छेत्री, लिड गिटारमा रोहित रुचाल, रिदम गिटारमा भिक्रान्त सिन्चुरी, हारमोनियममा संगित मंचका प्रभारी विमल राई थिए।गायिका सन्जना रसाईलीको स्वरमा सरस्वती वन्दना भएपछि क्रमश अजय प्रधान, आर्यन तामाङ, हिरा रसाईली, इन्दिरा छेत्री, सुदिता राई, समानता ठटाल ,राज साशंकर, शरण गुरुङ आदिले ज्ञानको ज्योति जलाऊ, हामी भिन्ना भिन्नै होईनौ, कुन मन्दिरमा जान्छौ यात्री जस्ता मार्मिक भजनहरु प्रस्तुत गरेका थिए।
आयोजकको पक्षमा मुख्य अतिथि विशिष्ट अतिथि लगायत समितिका कार्यकर्ता अनि सन्त महात्माहरुलाई खदा अर्पण गरिएको थियो।
भजन सन्ध्या राख्नुको उद्धेश्यबारे बोल्दै अध्यक्षा महात्मा अदिना बाईजीले भजन नै भक्तिको पहिलो खुडकिलो हो, भजन श्रवणले हामीमा एकाग्रताको विकाश हुँदछ अनि ईश्वरप्रतिको निष्ठा जागृत हुँदछ भनी बताएका थिए।
चन्दन लकान्द्री र कुमार योन्जनद्वारा सञ्चालित उक्त भव्य भजन सन्ध्याका संयोजक विमल राई र संयोजिका ईन्दिरा छेत्रीले सबैलाई धन्यवाद ज्ञापन गरेका थिए भनी मिडिया विभागबाट प्रवीण छेत्रीले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement