१००औं भाग सुन्नेहरूलाई विशेष पल ‘नमो’ ऐपको माध्यमबाट साझा गर्नअनुरोध

Untitled-1-copy-212

नयाँ दिल्लीः प्रधानमन्त्री नरेन्द्र मोदीले ‘मन की बात’- को १००औं भागलाई सुन्नेहरूसित यससित सम्बन्धित विशेष पललाई ‘नमो’ ऐपको माध्यमबाट साझा गर्ने अनुरोध गरेका छन्। प्रधानमन्त्रीले कार्यक्रमको प्रसारण पश्चात ट्वीट गरी भने- “म भारत सहित दुनियाँभरिका मानिसहरूलाई धन्यवाद दिन्छु जसले ‘मन की बात’- को १००औं भागलाई सुने। वास्तवमा म यस उत्साहबाट गद्गद भएको छु। ज-जसले यो कार्यक्रमलाई सुनेका छन् तिनीहरू सबैलाई म आग्रह गर्दछु कि ती विशेष पलका तस्वीरहरू साझा गरियोस्। तपाईहरूले नमो ऐपमा वा यस लिंकको माध्यमबाट यस्तो गर्न सक्नुहुनेछ।”

प्रधानमन्त्री नरेन्द्र मोदीको मन की बात- को १००औं संस्करण एउटा ऐतिहासिक कार्यक्रम भएको छ। यसलाई भारतमा मात्र नभएर विदेशहरूमा पनि समारोह आयोजना गरेर सुनियो। विदेशमन्त्री एस. जयशंकरले न्यू जर्सीमा मन की बात सुन्नका लागि जोड़िएका मानिसहरूलाई यस कार्यक्रमकको महत्व बारे बताउँदा प्रधानमन्त्री कार्यालयमा मन्त्री जितेन्द्र सिंह लण्डनको इण्डिया हाउसमा विशिष्ट मानिसहरूको साथमा कार्यक्रमलाई सुन्न पुगेका थिए। समग्रममा भन्न पर्दा देश-दुनियाँमा चार लाखभन्दा अधिक स्थानहरूमा समारोहपूर्वक मन की बात-लाई सुनियो। यो एउटा कीर्तिमान हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement