दुई अलग-अलग दुर्घटनाहरूमा दुई जनाको मृत्यु

accident11-1.jpg

जलपाईगढ़ी: जिल्लाको बानरहाटमा दुई अलग-अलग सड़क दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। जबकि चार जना घाइते भएको खबर छ। मृतकहरूको नाम सनातन मण्डल (५७) र आशीष मुण्डा (१८) बताइएको छ। प्राप्त जानकारी अनुसार, पहिलो घटना हिजो राति राष्ट्रि राजमार्ग ३१ (सी) मा लक्ष्मीपाड़ा चिया कमान संलग्न क्षेत्रमा भयो। जहाँ बलुवा लोड गरिएको ट्रक सड़कमा पल्टियो। जसबाट ट्रलीमा सवार चार जना घाइते भए। घाइतेहरूलाई लक्ष्मीपाड़ा चिया कमान अस्पताल लगियो एकको स्थिति गम्भीर हुँदा उसलाई बानरहाट स्वास्थ्य केन्द्र ल्याइयो, जहाँ चिकित्सकहरूले उसलाई मृत घोषित गरे। त्यही, दोस्रो घटना तोतापाड़ा चिया कमानसित लागेको राज्य सड़कमा राति लगभग १० बजी घट्यो जहाँ एक बाइक चालकले एक साइकल सवार लाई हिर्कायो। जसबाट साइकल सवार गम्भीर रूपमा घाइते भयो। स्थानीय मानिसहरूले दुवैलाई बानरहाट स्वास्थ्य केन्द्र लगे। जहँ चिकित्सकहरूले साइकल सवारलाई मृत घोषित गरे जबकि घाइते बाइक सवारलाई माल बजार सुपर स्पेशलिटी अस्पताल रेफर गरे। बानरहाट थाना पुलिसले घटनाको जाँच शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement