लुधियानामा ग्यास लीकबाट एघारको मृत्यु, चारको अवस्था गम्भीर

Ludhiana_1682838704608_1682838704831.webp

चण्डीगढ़ः पंजाबको लुधियानामा आइतवार बिहान भएको ग्यास लीकको कारणले अहिलेसम्ममा एघारजनाको मृत्यु भइसकेको छ। जिल्ला प्रशासनले पुष्टि गरे अनुसार मृतकहरूमा पाँचजना एउटै परिवारका छन्। अन्य धेरैजना बेहोस भएका छन् भने १५ जनालाई शहरका विभिन्न अस्पतालहरूमा भर्ती गरिएको छ जसमध्ये चारजनाको अवस्था गम्भीर छ। तथापि अहिलेसम्म दुर्घटनाको कारण थाहा लाग्न सकेको छैन। मुख्यमन्त्री भगवन्त मानले जिल्ला प्रशासनसित मामिलाको प्रारम्भिक जाँचको रिपोर्ट मागेका छन्। लुधियानाकी जिल्ला उपायुक्त सुरभि मलिकले बताइन्, अहिलेसम्ममा एघारजनाको मृत्यु भइसकेको छ। मृतकहरूमा पाँचजना एउटै परिवारबाट छन्। मृतकहरूमा दुईजना नानी पनि सामेल छन्। ग्यास लीकबाट प्रभावित १५ जनालाई शहरका विभिन्न अस्पतालहरूमा भर्ती गरेको छ जसमध्ये चारको अवस्था सोचनीय छ। सबै मृतकका शवहरूको पोस्टमर्टम गर्नको लागि मेडिकल बोर्ड गठन गरिएको छ। ग्यासको चाप कम नहुञ्जेलसम्म प्रभावित क्षेत्रमा नजाने मानिसहरूलाई अपील गरिएको छ।

घटनाक्रम अनुसार लुधियानको ग्यासपुरामा आइतवार बिहान ग्यास लीक भएपछि मानिसहरूमा खैलाबैला मच्चियो। ठाउँ-ठाउँमै मानिसहरू बेहोस भएर ढले भने कतिपय मानिसहरू ठाउँमै निदाए। घटनाको सूचना पाउनसाथ जिल्ला प्रशासन, पुलिस, फायर ब्रिगेड औ एनडीआरएफको टीम घटनास्थलमा पुग्यो। सम्पूर्ण क्षेत्रलाई खाली गराइको छ। लुधियानाका पुलिस आयुक्त मनदीप सिंह सिद्धूले बताए, सुरक्षाको दृष्टिले पुलिसले सम्पूर्ण क्षेत्रलाई खाली गराएको छ। तर दुर्घटना के कारणले भएको हो अहिलेसम्म पत्तो नलागेको अधिकारीहरू बताउँछन्। वरपरका कुनै उद्योगले ‘केमिकल वेस्ट’-लाई नियम अनुसार नष्ट गर्नको सट्टा कुनै नालामा फालेपछि यसबाट भएको केमिकल रिएक्शनको कारणले सारा क्षेत्रमा विषाक्त ग्यास फैलिएर यो दुर्घटना भएको हुनसक्ने आशंका व्यक्त गरिएको छ। उनले अझ बताए, एनडीआरएफको टीमलाई विशेष उपकरण सहित बोलाइएको छ। यहाँको मेनहलको नमूना लिइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement