सिलगढी: मोहन बगान पछि अब ईस्ट बैंगलको पालो आएको छ। केही दिन अघि मात्र मोहन बगान फुटबल क्लबको नाममा सिलगढ़ीमा सडकको नामाकरण गरिएको थियो।अब सिलगढी नगरपालिकाले शताब्दी पुरानो ईस्ट बेंगल क्लबको नाममा पनि सडकको नामाकरण गरेको छ।जानकारी अनुसार, बीएसएनएल कार्यालय अगाडि पर्ने रोडदेखि हरेन मुखर्जी रोडसम्मको सडकलाई ‘ईस्ट बेंगल रोड’ नाम दिइएको छ। यससँगै रातो-पहेँलो फुटबल टिम ईस्ट बेङ्गलको उत्तर बङ्गालका समर्थकहरु खुसी भएका छन् । यस अवसरमा आइतबार सिलगढी कञ्चनजङ्घा स्टेडियम अगाडि रंगारंग शोभायात्रा निकालिएको थियो। शोभायात्राले सिलगढी सहरका विभिन्न इलाकाको परिक्रमा गरेको थियो ।