गुवाहाटी: पूर्वोत्तरको पहिलो वन्दे भारत ट्रेनको परिचालन आगामी १४ मईदेखि हुने निश्चित भएको छ। पूर्वोत्तर सीमा रेल (पूसीरे) को सूत्रले ‘हिन्दुस्थान समाचार’ लाई, आगामी १४ मईमा गुवाहाटीदेखि न्यू जलपाईगुड़ीसम्म बन्दे भारत ट्रेनको औपचारिक परिचालन शुरू हुनेछ। ट्रेनको उद्घाटन प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नेछन्। यद्पयि प्रधानमन्त्रीले गुवाहाटीमै आएर उद्घाटन गर्नेछन् वा भर्चुअली गर्नेछन् अहिलेसम्म कुनै निश्चित भएको छैन। त्यसै दिन असम सहित पूर्वोत्तरको लागि रेलवेका चार पाँच अन्य परियोजनाहरूको पनि उद्घाटन एवं शिलान्यास गर्ने तयारी गरिएको छ।
गुवाहाटीदेखि एनजेपीसम्मको यात्रा अवधि वन्दे भारत कुन-कुन स्टेशनमा बिसाउने हो त्यसको सूची तयार गरिसकिएको छ। चाँडै यसलाई सार्वजनिक गरिन्छ असम लगायत सम्पूर्ण पूर्वोत्तरमा रेलवेको विकासात्मक कार्य तीव्र गतिमा अघि बढिरहेको छ गुवाहाटीसम्म दोहोरो लाइनको कार्य अन्तिम चरणमा छ। दोहोरो लाइनको कार्य पूरा भएपछि ट्रेनहरूको गति अझ बढ्नेछ।