गान्तोक। मुख्यमन्त्री प्रेमसिंह तामाङले थाङ्का चित्रकलाको निम्ति खाण्डु वाङचुक भोटियालाई प्रतिष्ठित पद्मश्री पुरस्कारले पुरस्कृत बनेकोमा बधाई दिएका छन्।
चित्रकार वाङचुक भोटिया नाम्चीको आले डॉंड़ा निवासी हुन् र थाङ्का चित्रकलाका एक प्रसिद्ध चित्रकार हुन्। उनी पेमायाङत्से गुम्पाका लामा पनि हुन्। उनले स्व. जिग्मी वाङचुक लामाको देखरेखमा थाङ्का चित्रकलामा महारत हासि गरेका हुन्। उनले यस पारम्परिक कला विधामा धेरै जनालाई प्रशिक्षित गरेका छन्।
मुख्यमन्त्रीले उनी आफ्ना कार्यहरूका लागि धेरै पुरस्कारहरूले पुरस्कृत बनिसकेको बताउॅंदै यो उपलब्धीका साथै भोटियाले अझ एउटा प्वॉंख आफ्नो टोपीमा थपेको बताए। उनले पारम्परिक कला विधाले राष्ट्रिय स्तरमा मान्यता पाएको बताउॅंदै यो हामी सबैका लागि गर्वको क्षण रहेको बताए। मुख्यमन्त्रीले पद्मश्रीले सम्मानित भोटियालाई उनको भविष्यका प्रयासहरूको निम्ति शुभकामना व्यक्त गरेका छन्।









