गान्तोक: सी-२० सम्मेलनका प्रतिनिधिहरूको निम्ति आइतवार सामुदायिक स्तरमा प्रकोप लचिलोपनका उत्कृष्ट अभ्यासहरूको प्रदर्शन गर्न चान्दारी र गणेश टोकको स्थलगत भ्रमण आयोजना गरियो। यस अवसरमा अमृता विश्वविद्यालयका प्रतिनिधिहरूले पैह्रो निगरानी केन्द्रमा एआई सक्षम आईओटी प्रणालीलाई कसरी पैह्रो पत्तो लगाउन र प्रारम्भिक चेताउनीका लागि प्रयोगमा ल्याइएको छ भन्ने बताए। एआई प्रणालीले वास्तविक समयमा कसरी डाटा संकलन गर्छ, अपरेटिङ सिस्टम र मनिटरिङ सेण्टरसँग नेटवर्क सञ्चार कसरी गर्छ र वायरलेस रूपमा व्यवस्थित आईओटी सक्षम गहिरो रूट सिस्टमको सञ्चालनको बारेमा जानकारी गराइयो।

अमृता विश्वविद्यालयका संसाधन व्यक्तिहरूका साथै सिक्किम राज्य आपदा प्रबन्धन प्राधिकरणका निदेशक प्रभाकर राई तथा अन्य अधिकारीहरू पनि उपस्थित थिए।