प्रधानमन्त्रीको ‘मन की बात’ को १००औं श्रृङ्खलामा सहभागी बने सिक्किमवासीहरू पनि

n49515251816828542381102d5897d69ada44061be939ae61131b9aed4748f250182203835154e6819aaaf6.jpg

गान्तोक: प्रधानमन्त्री नरेन्द्र मोदीको मासिक रेडियो कार्यक्रम ‘मन की बात’ ले आज १०० औं श्रृङ्खला पूरा गरेको छ। ‘मन की बात’ को १००औं श्रृङ्खला प्रत्यक्ष रूपमा सुन्न आज देशव्यापी रूपमा सार्वजनिक जमघटहरूको आयोजना गरिएको थियो ।सिक्किममा पनि मानिसहरू ठाउँ ठाउँमा भेला भएर प्रधानमन्त्रीको ‘मन की बात’ सुने। राजधानीस्थित राजभवनमा पनि ‘मन की बात’ को प्रत्यक्ष प्रसारणको प्रबन्ध गरिएको थियो। यस अवसरमा राज्यपाल लक्ष्मण प्रसाद आचार्य विशेष रूपमा सहभागी बनेका थिए। यसैगरी, राज्यका विशिष्ट व्यक्तित्वहरूलाई पनि आमन्त्रित गरिएको थियो ।यस अतिरिक्त, भारतीय जनता पार्टी (भाजपा), सिक्किमले पनि ‘मन की बात’ को १००औं श्रृङ्खलालाई ध्यानमा राखेर राज्यव्यापी रूपमा प्रबन्ध गरेको थियो। प्रदेश भाजपा प्रवक्ता डा. राजु गिरीले जानकारी गराए अनुसार, राज्यका छवटा जिल्ला, १५ वटा पार्टी कार्यालय, छवटा शक्ति केन्द्र र लगभग ३०० वटा बुथमा ‘मन की बात’ सुन्न चाँजो मिलाएको छ। प्रत्येक केन्द्रमा कम्तिमा ३० जना भेला भएर प्रधानमन्त्रीको ‘मन की बात’ सुने। राजधानी गान्तोकस्थित पार्टीको सिटी कार्यालयमा प्रदेश भाजपा अध्यक्ष डीआर थापाको उपस्थितिमा कार्यकर्ताहरूले ‘मन की बात’ सुने। यहाँ गान्तोक जिल्लाका पदाधिकारीहरू भेला भएका थिए। यसैगरी, सिङताम पार्टी कार्यालयमा दुईजना महामन्त्रीको उपस्थितिमा कार्यकर्ताहरू सहभागी बने। यसरी ने प्रत्येक निर्वाचन क्षेत्रहरूमा भाजपा विधायकहरूको उपस्थितिमा कार्यकर्ताहरूले ‘मन की बात’ सुनेको प्रवक्ता डा. गिरीले जानकारी गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement