पञ्चायत चुनावलाई लिएर भागोप्रमो लङ्भ्यु अम्बटे पंखाबारी समष्टिको सांगठनिक सभा सम्पन्न

IMG-20230430-WA0226.jpg

जीटीए चुनावमा जस्तै पञ्चायत चुनावमा पनि भागोप्रमोलो बोर्ड गठन गर्नेछ: कल्पना प्रधान

खरसाङ: आगामी पञ्चायत चुनावलाई लिएर खरसाङ महुकमा अन्तगर्त लंगभ्यु क्षेत्रका प्रतिनिधिहरूलाई लिएर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सांगठनिक सभा समष्टि अध्यक्ष मनिराज डुम्जनले सभापतित्वमा सम्पन्न भयो। लंगभ्यु क्षेत्रको संयोजक मौसम लामाले सञ्चालन गरेको सभालाई समष्टिको सभासद कल्पना प्रधान, मनोनित सभासद प्रणाम रसाईली, समष्टि सभापति मनिराज डुम्जन, सचिव ललित प्रधान, अभिभावक फोरमका याङडुप योञ्जन, हिल तराई डुवर्स लेवर युनियन लंगभ्यु युनिट सभापति सन्तोस गोले आदिले सम्बोधन गरेका थिए। सभासद कल्पना प्रधानले भारतको प्रत्येक गाउँ बस्तीका नागरिकहरूमाझ शिक्षा, स्वस्थ्य, बाटो, पानी आदिको सेवा पुगोस् भनी पञ्चायतको चुनाव गराएको तर पहाडमा भने २३ वर्षपछि पञ्चायत चुनाव सम्पन्न हुन गइरहेको बताए। जीटिए चुनावमा भागोप्रमोले बहुमतमा जीत दर्ता गरी बोड गठन गर्न सफल भएको छ त्यसरी नै पञ्चयात चुनावमा पनि भागोप्रमोको जीतको निम्ति पार्टी कार्यकर्ताहरूले जमीनी तौरमा तयारी गर्ने पनि बताइन्। लंगभ्यु क्षेत्रमा अहिले विपक्षी पार्टी औंलामा गन्न सकिने पनि उनले जनाइन्। लंगभ्यु क्षेत्रको जीवन रेखा मानिने जीर्णावस्थामा रहेको बाटोको मरमत्ति कार्य भइरहेको साथै सभासद कोषबाट पनि समष्टि अन्तर्गत धेरै विकासमूलक कार्यहरू भइरहेको उनले आफ्नो सम्बोधनमा जनाइन्। समष्टि सचिव ललित प्रधानले आगामी पञ्चायत चुनाव गाउँ ठाउँको सार्वांगीण विकास गर्ने चुनाव रहेको बताए। पञ्चायत चुनावमा पार्टीले जसलाई पनि प्रार्थी खडा गर्छ उसलाई जिताउने संगठनको जिम्मेवारी रहेको जनाए। सभालाई सम्बोधन गर्दै मनोनित सभासद प्रणाम रसाइलीले पार्टीको सिध्दान्तलाई शिरोपर गरेर आगामी पञ्चायत चुनावमा सबै प्रार्थीलाई जिताएर सेन्ट मेरिज – ३ मा ग्राम पञ्चायतमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको झण्डा फहराउने अनुरोध गरे साथै आगामी चुनावमा खडा हुने प्रार्थीले आफ्नो जरूरी कागजपत्र तयार गरिदिने पनि अनुरोध गरे। उनले आफ्नो सम्बोधनमा यसपाली सम्पन्न हुन गइरहेको पञ्चायत चुनाव जीटीए प्रमुख अनित थापाको कुशल नेतृत्वको कारणले सम्भव भएको बताए साथै विगत २०१३ सालमा पनि पञ्चायत चुनावको नोटिफिकेशन निस्केको तर त्यसताकका पञ्चायत चुनाव हुन नसकेको बताए। उनले आफ्नो सम्बोधनमा केही दिन अघि मात्र जीटीए प्रमुख कार्यपाल अनित थापाले भेलाकूप गाउँमा सोलर लाइट जडान गर्न भनी फोन गरे बापत यस क्षेत्रमा सोलर लाइट जडान गरिएको बताए। जीटीए भोटमा जनताले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई जिताएको कारण नै आफू मनोनित सभासद हुन सकेको उनले बताए। समष्टि अभिभावक फोरमका सदस्य गोपाल योञ्जनले आगामी पञ्चायत चुनावमा पञ्चायत सदस्य साथै समितिको प्रार्थी योग्य हुन पर्ने बताए साथै गत जीटीए चुनावमा एकता देखाएका थियौं। त्यसरी नै आगामी पञ्चायत चुनावमा पनि एकता देखाएर भागोप्रमोका प्रार्थीलाई जिताउने जिम्मेवारी आएको बताए।

समष्टि अध्यक्ष मनिराज डुम्जनले लंगभ्यु चियाबारीमा अहिले घरि हरियाली छाएको छ जसको श्रेय केवल जीटिए प्रमुख कार्यपाल अनित थापालाई जाने बताए। जीटीए प्रमुख कार्यपाल जहिले पनि लंगभ्युलाई दु:ख पर्दा उँभिने नेता रहेको जनाए। समष्टि सभापति मनिराज डुम्जनले आफ्नो सम्बोधनमा आगामी पञ्चायत चुनावमा लंगभ्युका सातैवटा बुथमा भागोप्रमोका प्रार्थीको जीत निश्चित रहेको पनि बताए। आज सम्पन्न सभामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रीय समिति सदस्य सन्तोस लामा, महुकमा समिति सदस्य सुरज लामा,समष्टि प्रचार प्रसार सचिव जिनोद परिवार, समष्टि सदस्य आशिष लामा, ट्रेड युनियन सचिव सत्यम थापा साथै भागोप्रमोका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement