मालदा: मालदाका सांसद खगेन मुर्मूले आज यहाँको बामनगोला स्थित पाकुआ हाटमा प्रधानमन्त्री नरेन्द्र मोदीको ‘मन की बात’ कार्यक्रमको १०० औ भागको अवलोकन गरे। खुला ठाउँमा ठूलो पर्दामा यस कार्यक्रम हेर्न उनका साथमा भाजपाका अन्य नेता,कार्यकर्ता,समर्थक लगायत करीब चार हजार मानिसहरूको उपस्थिति थियो।
उक्त कार्यक्रम स्थलमा सांसद खगेन मुर्मूले विपक्षीहरूले आफ्ना धेरै समर्थकहरूलाई कार्यक्रममा उपस्थित हुनबाट रोक्न खोजेको आरोप लगाए। तर पनि रोक्न नसकेको उनको भनाइ रह्यो।









