जलपाइगढी: हावाहुरी आउँछ भन्ने कुनै पूर्वानुमान थिएनँ। तर शनिबार राति एक्कासी हावाहुरी चल्यो र पानी पर्न थाल्यो। वर्षा त्यति धेरै नभए पनि चट्याङसहित हावाहुरी चल्यो। जसका कारण जलपाइगढीका कच्चा घरहरू केही मिनेटमै भत्किएर लथालिँग भए। हावाहुरीमा बिजली काटिएपछि मानिसहरू अझ त्रसित भए। धेरै घरमा रुख ढलेका छन्। धुपगढी ब्लकको बरघरिया ग्राम पञ्चायतको दक्षिण डांगापाडा क्षेत्र निवासी तेहिदुल इस्लामकी श्रीमती रोजिफा खातुन आफ्ना ३ महिनाको शिशुसहित घरमा एक्लै थिइन्। राति एक्कासी चट्याङ सहितको भारी वर्षा हुँदा घरको मिटर बक्समा आगलागी भएर आगो घरमा फैलियो। घटनामा नवजात शिशुकी आमा अत्तालिएर बिरामी परेकी छिन्। ताहिदुल हरेक शनिबार आफ्नो ससुराली घर जान्छन्।त्यसैले एक्लो रोजिफा खातुन आफ्नो तीन महिनाको शिशुलाई लिएर निकै चिन्तित थिइन्, यसैबीच घरको मिटरमा ठूलो आवाज आयो र घरमा आगो लाग्यो। घटनाको डरले रोजिफाको स्वास्थ्य बिग्रियो। बिहान जब ताहिदुल इस्लाम घर पुगे, त्यो अवस्था देखेर उनी पनि तनावग्रस्त भए। श्रीमती र शिशुलाई अस्पताल लैजानका लागि इलाकाका पञ्चायत सदस्यलाई बोलाएता पनि कुनै व्यवस्था नभएको ताहिदुलले आरोप लगाएका छन्।