आफ्नै स्वास्नी, छोरी र सालीमाथि बन्चरोद्वारा निर्मम प्रहार,आफैले पनि गरे आत्महत्या

IMG-20230430-WA0165.jpg

मालदा: पारिवारिक विवादका कारण मालदामा भएको निर्मम हत्याको घटनाले सनसनी फैलाएको छ। लोग्नेले आफ्नी स्वास्नी, साली र आफ्नै छोरीमाथि बन्चरोले निर्मम प्रहार गरेपछि आफै पनि आत्महत्या गरेका छन्। यस निर्मम आक्रमणबाट स्वास्नी निर्मला मण्डल (२८) मृत्युसँग लड्दै छिन् भने उनकी बहिनी र छोरीको मृत्यु भइसकेको छ। यो सनसनीपूर्ण घटना शनिबार राति अङ्ग्रेजीबजार पुलिस चौकी अन्तर्गतको यदुपुर १ ग्राम पञ्चायतको कमलााबाडी बधपुकुर क्षेत्रमा भएको हो।अङ्ग्रेजीबजार थाना पुलिसले मृतक तीनैजनाको शव उद्धार गरी मालदा मेडिकल कलेज पठाउने व्यवस्था गरेको छ। जबकि गम्भीर घाइते निर्मला मण्डल अहिले मेडिकल कलेजमा मृत्युसँग लडिरहेकी छन्। मृत्यु हुनेमा ३५ वर्षीय तुबाई मण्डल, २४ वर्षीया दीप्ती सिंह मण्डल र १४ वर्षीया लक्ष्मी मण्डल रहेको पुलिस स्रोतले जनाएको छ। पुलिस र स्थानीय स्रोतका अनुसार मृतक तुबाई मण्डल लामो समयदेखि दुबईमा मजदुरी गर्दै आएका थिए। केही दिनअघि उनी बंधपुकुर क्षेत्रमा रहेको गाउँघर फर्किएका थिए। तर, लोग्ने-स्वास्नीबीच पहिलेदेखि नै झगडा चलिरहेको थियो। लोग्नेसँगको सम्बन्ध विच्छेदपछि स्वास्नी निर्मला मण्डल बुवाको घरमा बस्दै आएकी थिइन्। केही दिनअघि तुबाई मण्डल आफ्नो गाउँ माल्दा फर्किएका थिए। त्यसपछि स्वास्नीलाई घरमा ल्याउने प्रयास गर्न थाले। तर स्वास्नीले लोग्नेको कुरा मान्न चाहिनन्। त्यसपछि योजनाअनुसार शनिबार राति अभियुक्त तुबाई मण्डल हातमा बञ्चरो लिएर ससुराली घर पुगे र स्वास्नीलाई फिर्ता लानका लागि झगडा गर्न थाले। त्यसमा त्यहाँ उपस्थित अन्य महिलाहरूले उनलाई रोक्न खोजे पनि आरोपित तुबाई मण्डलले तीनैजनालाई बन्चरो प्रहार गरे।त्यसपछि उनी आफै घरको दुईतले टेरेसबाट हाम फालेर आत्महत्या गरे। टाउकोमा गम्भीर चोट लागेर दुवैको मृत्यु भएको छ भने स्वास्नीको अवस्था चिन्ताजनक रहेको छ। तीनै जनाको शव माल्दा मेडिकल कलेजको शवगृहमा पठाइएको अङ्ग्रेजीबजार थानाका पुलिसले जनाएको छ। गम्भीर घाइते निर्मला देवी मृत्युसँग लड्दै छिन्। आक्रमणकारीको बन्चरो बरामद भएको छ। यससँगै सम्पूर्ण घटनाको अनुसन्धान सुरु गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement