गान्तोक। सिक्किमका राज्यपाल गंगा प्रसादले अन्तरराष्ट्रिय योग दिवसको अवसरमा देशवासी र राज्यवासीहरूमा आज हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्।
राज्यपालले आफ्नो सन्देशमा भनेका छन्। अन्तरराष्ट्रिय योग दिवस भारत र संसारभरि मानवताका लागि योग विषयमा आयोजित गरिॅंदैछ। विश्वका धेरैभन्दा धेरै देशका मानिसहरू क्षेत्रीयता, वर्गीयता, धर्म र अन्य भेददेखि माथि उठेर योगलाई आफ्नो जीवनको महत्वपूर्ण अंगको रूपमा स्वीकार गरिरहेका छन्। योग हाम्रो शारीरिक, मानसिक, आध्यात्मिक विकास र स्वास्थ्यको एक प्रमुख साधन हो। योग भारतीय मनीषीद्वारा विश्वलाई प्रदान गरिएको अमूल्य उपहार हो, जसले शरीर र मन दुवैलाई स्वस्थ राख्दछ। हामीलाई गर्व छ कि हाम्रो यस प्राचीन दर्शनलाई विश्वले मानसिक र शारीरिक स्वास्थ्यको महत्वपूर्ण साधनको रूपमा स्वीकार गरेको छ। यसले भारतको तर्फबाट ”वसुधैव कुटुम्बकम’ अर्थात विश्व एउटा परिवार होको अवधारणालाई परिलक्षित गर्दछ।
राज्यपालले भनेका छन्, योगको अभ्यास शरीर, श्वास र मनलाई जोड्दछ। साथै योगले शरीर र सोचमा सन्तुलन स्थापित गर्छ। राज्यपालले अन्तरराष्ट्रिय योग दिवसको सबैमा बधाई एवं शुभकामना व्यक्त गरेका छन्। उनले भनेका छन्, आउनुहोस्, यस अवसरमा योगलाई आफ्नो जीवनशैलीमा सम्मिलित गर्ने संकल्प लिउ र आफ्नो शारीरिक अनि मानसिक विकासतिर अग्रसर बन्दै समाज र राष्ट्रको उत्थानमा आफैलाई समर्पित गरौं।