सिलगढी: तस्करी गर्न अगावै ३६ वटा भैंसी सहित २ जना तस्करलाई पक्राउ गरेको छ।पक्राउ गरेपछि आरोपीलाई आज जलपाईगढी अदालतमा पेश गरियो। पक्रा परेकाहरूमा अब्दुर रहिम र साकी अनवर सामेल छन्। बिहारबाट २ वटा लरीमा ३६ वटा भैंसी असम तस्करी गर्ने उद्देश्यले लगिरहेको थियो गोप्य सूचनाको आधारमा एनजेपी थाना पुलिसले फुलबारी टोल प्लाजा इलाकामा अभियान चलाएर लरीलाई रोकेर छानबीन गर्दा ३६ वटा भैंसी उद्धार गर्नको साथै २ जना लरी चालकलाई पक्राउ गरेको बताइएको छ।