लायन्स क्लब अफ सिलगढी तराई शक्तिद्वारा महिला क्यान्सर सचेतना र्‍याली

cd5d324f-a520-4bec-adc2-4ac2ab9ffd9a

सिलगढी: लायन्स क्लब अफ सिलगढी तराई शक्तिद्वारा महिला क्यान्सर सचेतना र्‍याली निकालियो। उक्त र्‍यालीमार्फत क्यान्सरबाट डराउनु पर्दैन भन्नेबारे सचेतना गराइयो। बरु ठीक समयमा उपचार सुरु गर्नुपर्छ भन्ने सम्बन्धमा जागरूक हुनुपर्ने सन्देश दिईयो।आजको उक्त कार्यक्रममा विशेष अतिथिका रुपमा आईसी मुमताज बेगम, रविन्द्र जैनको उपस्थिति रहेको थियो। कार्यक्रममा लायन्स क्लब अफ सिलगढी तराई शक्तिकी अध्यक्ष सीमा अग्रवाल, ब्रान्ड एम्बसेडर सीमा बैद, सिलगढी तराई लायन्स ब्लड बैंकका अध्यक्ष अनिल गोयलको विशेष उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement