तीनधारेको सत्र माइलमा आगलागीमा परेर एक घर जलेर स्वाहा

IMG-20230430-WA0140.jpg

तीनधारे क्षेत्रमा अग्निशमन केन्द्र निर्माणको मांग

खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारेको सत्र माइलमा एक घर आगलागीमा जलेर स्वाहा भएको छ। एनएच ५५ देखि केही माथितिर रहेको सत्र माइलको प्रवीण सुब्बाको घर आगलागीमा जलेर पूर्ण रूपमा नष्ट भएको छ। आज बिहान ९:१५ तिर सिलिण्डर लिकेज भएर आगो लागेर घर पूर्ण रूपमा नष्ट भएको स्थानीयहरूले बताएका छन्। उक्त आगलागीमा घरसितै सबै कागज पत्रहरू, लुगाफाटाहरू, स्कूले नानीको युनिफर्म लगायत ४ लाख बराबरको सुन, ७० हजार रूपियाँ नगदराशि र घरभित्र सबै बहुमूल्य सर समानाहरू लगायत लाखौंको सम्पत्ति नष्ट भएको छ। उक्त आगलागीमा घरभित्र रहेको फ्रिज, गोदरेजहरू, कम्प्युटर, शोकेसहरू, बक्स बेडहरू लगायत सम्पूर्ण सर सामानहरू जलेर नष्ट भएको छ। सत्र माइलमा भएको आगलागीको घटना सुनेपछि क्षेत्रीय सभासद नवराज छेत्री घटनास्थलमै उपस्थित रहेका थिए। उनीसितै तीनधारे पुलिस आउट पोष्टको पुलिस अधिकारी जीवन राई र एएसआई सोमेन रोय मण्डल साथै खरसाङ अग्नि शमन केन्द्रको ओसी बीबी गदाईलीसहित उनको टिम उपस्थित रहेका थिए। उक्त आगलागीको घटनापछि अग्निपिढीत परिवारलाई नजिकको छिमेकीको घरमा केही दिनको लागि राख्ने व्यवस्था गरिएको छ। तीनधारेको सत्र माइलमा भएको आगलागीको घटनापछि तीनधारे क्षेत्रमा अग्निशमन केन्द्रको स्थापना गरिनु पर्ने मांग पुन: उठेको छ। यसको लागि आज नै स्थानीयहरूद्वारा हस्ताक्षर संकलन गरेर क्षेत्रीय सभासद नवराज छेत्रीको पहलमा तीनधारे क्षेत्रंा अग्नि शमन केन्द्रको स्थापना विषयमा पहल गरिने भएको जानकारी प्राप्त भएको छ। तीनधारेको सत्र माइलमा आगलागीमा विषयमा पत्रकारहरूसित कुराकानी गर्दै तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीले यो घटना बिहान ९:१५ तिर भएको र घटनाको जानकारी पाउनसाथ आफु घटनास्थलमा आएको र यो घटनाको जानकारी बीडीओ, जीटीए चिफ् अनित थापालाई गराएको र अग्निपिढीत परिवारलाई रिलिफको सामानहरू प्रदान गरिने अनि परिवारलाई नजिकैमा राख्ने व्यवस्था गरिएको बताएका छन्। उनले जीटीए चिफ् अनित थापालाई घटनाको जानकारी गराएको अनि घर बनाउन पहल गरिने बताएका छन्। त्यसरी नै तीनधारे क्षेत्रमा अग्निशमन केन्द्रको स्थापना विषयमा पनि पहल गरिने बताएका छन्। घटना विषयमा अग्नि पीढित परिवारको पक्षमा प्रवीण सुब्बा र स्थानीयहरूका पक्षमा बिनय छेत्रीले तीनधारे क्षेत्रमा नै अग्निशमन केन्द्रको स्थापना विषयमा पहल गर्नु पर्ने बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement